धेरैको बुझाई छ, कति धेरै अनलाईन मिडियाहरु भए ! हो हामी त्यही भिडमा उभिएका छौँ । धेरैका बिचबाट कुन राम्रो भन्ने बिषयमा हामीले बहस गर्न ल्याकतले भ्याउँदैनौ । यहाँ राम्रो भन्नाले साजसज्जा होइन , श्रृँगार पनि होइन । केवल सत्य–तथ्य र बिश्वसनीयताको हो ।
हामीले प्रदेश २ को जीतपुरसिमरा उपमहानगरपालीका , बाराबाट रातोघर मिडिया प्रा.ली अन्तर्गत रातोघर डटकम नामक डिजिटल पत्रिका प्रकाशनको सुरुवात गरिरहँदा हामीलाई समाचार स्रोतको आधुनिक माध्यम भन्नमा गर्व अवस्य छ । तर मोफसलमा बसेर संचार गृहलाई ब्यवस्थापन गर्नु कम चुनौतीको बिषय भने होइन ।
नेपाली सञ्चार क्षेत्रमा थप सिर्जनात्मक योगदान, लोकतन्त्र, समाजवाद उन्मुख यात्रामा सहकार्य गर्न यस रातोघर डटकमले आम पाठक वर्गमा सेतुको काम गर्ने छ भन्ने प्रतिवद्धता सहित हामी तपाईको सूचना पाउने अधिकारसंगै सहयात्रामा रहनेछौं ।
मुलतः प्रदेश २ का समाचारलाई केन्द्रमा राखी राष्ट्रिय मुद्धाहरुमा हामी नडगमगाई कलम चलाउन तयार भएर हौँसिएका छौँ । त्यसो त मिडियाको बजार लगाएर मात्र हुन्न भन्नेमा पनि हामी गम्भिर छौँ । त्यसैले पनि अन्यायमा काँडाभन्दा तिखा, जनपक्षधरता निम्ति फूलभन्दा नरम भएर उभिने बलियो प्रयत्न हामी गर्नेछौँ ।
‘निश्पक्ष संचार संबाहक’ को आवाज बोकेर तपाईमाझ उभिँदा कहिकतै हाम्रा कलमहरु बहकिन सक्ने यथार्थ धरातललाई बिर्सन हुँँदैन भनेर तपाईका आलोचनात्मक टिप्पणीको हामीलाई सधैँ अभाव रहने छ ।
निष्पक्ष र व्यवसायिक पत्रकारितामा हामी अब्बल छैनौँ । हामी सिकाई प्रकृयाको निरन्तर अभ्यासमा रहनेछौँ । ब्यवसायीक पत्रकारीतालाई नबिन प्रबिधिसंग जोडेर सुरु गर्न लागीएको यस यात्रामा तपाईहरुको रचनात्मक प्रतिकृया सहित अमुल्य सुझाव, सल्लाह र आलोचनाको समेत अपेक्षा गदछौँ ।
कृष्ण सिग्देल
सम्पादक, रातोघर
सिमरा, १९ फागुन ।
Write your Comment