पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रवीन्द्र अधिकारीको नामबाट राख्न माग

रातोघर

 १९ फाल्गुन २०७५, आईतवार १२:२३  मा प्रकाशित
३५६ पाठक संख्या



१९ फागुन, काठमाडौं ।

पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् ।

फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकपि्रय युवानेता भएकाले उनको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।

Write your Comment