स्व. अधिकारीको सम्झनामा प्रतिवद्धता कार्यक्रम

कुनै हालतमा आयोजना रोकिदैन - नेता नेपाल

रातोघर

 २० फाल्गुन २०७५, सोमबार ०९:४७  मा प्रकाशित
१७० पाठक संख्या


सिमरा, १९ फागुन ।

पूर्वप्रधानमन्त्री एवम् संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत राष्ट्रिय गौरवको आयोजना अध्ययन, अनुगमन तथा सिफारिसका निम्ति गठित उपसमितिका संयोजक माधवकुमार नेपालले बारामा बन्न लागेको दोश्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणलाई दु्रत गतीमा अघि बढाउन अपरिहार्य रहेको बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समन्वय समिति बाराले आईतवार निजगढमा आयोजना गरेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिवद्धता कार्यक्रममा बोल्दै नेपालले आयोजनामाथी कसैले पनि गलत ब्याख्या गरी काम प्रभावित गर्न नहुने भन्दै निर्माणको कामलाई विना अवरोध अघि बढाउनुपर्ने जिकिर गरे ।

उनी अघि कार्यक्रममा सम्बोधन गरेका २ नम्बर प्रदेशका भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारसंग समन्वय नै नगरी केन्द्र सरकारले एकलौटी ढँगबाट आयोजना निर्माण गर्न लागेको तथा बन र वातावरण संरक्षणको सम्पुर्ण अधिकार प्रदेश सरकारको भएपनि केन्द्रले बेवास्था गरेको भन्ने आरोपमा नेता नेपालले कडा प्रतिबाद गरे ।

उनले सोनललाई ध्यानाकर्षण गराउँदै अहिले अधिकारको बिषयमा बहस गर्ने बिषय नभएको भन्दै आयोजनालाई बिरोध नगर्न आग्रह गरे ।

‘अधिकारका कुरा पछि गर्दै गरौँला, अहिले आयोजना सम्पन्न गर्ने चुनौती छ’, नेता नेपालले भने, ‘कुनै पनि प्रदेशका ठुला आयोजना केन्द्र सरकारकै बजेटमा हुने गर्छ, बरु निर्माणका लागी के समन्वय गर्नु पर्छ गरौँ ।’

पछिल्लो समय विमानस्थलको बिषयलाई लिएर बाहिर आएका प्रचारबाट सचेत हुनुपर्ने भन्दै नेता नेपालले अहिलेसम्म भएका कामका प्रगतिले प्रस्ताव गरेकै स्थानमा विमानस्थल बन्नेमा अब दुईमत नरहेको बताए । विमानस्थल कस्तो प्रणालीबाट निर्माण गर्ने भन्ने बिषयमा अन्तिम गृहकार्य भईरहेको भन्दै नेता नेपालले राज्यलाई प्रत्यक्ष फाईदा पुग्ने प्रणालीमा अघि बढ्न सुझाव दिए ।

विमानस्थलको कामलाई चासोका साथ अघि बढाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी र विमानस्थलको कामलाई २०५२ सालमा प्रारम्भिक सर्वेक्षणका लागि बजेट विनियोजन गरेका तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको निधनबाट राज्यलाई ठुलो क्षति पुगेको भन्दै नेता नेपालले टांगियावस्ती र काँटगाउँका बासिन्दालाई ब्यवस्थापन गरेर छिटो भन्दा छिटो विमानस्थलको कामलाई अघि बढाईहाल्नु पर्ने बताए ।

यसैबिच प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले विमानस्थल निर्माणका लागि प्रदेश सरकार पनि प्रतिवद्ध रहेको बताए । केन्द्र सरकारले आयोजना निर्माणका लागी समन्वय नगरेकै भएपनि प्रदेशको गौरवको रुपमा रहेको विमास्थल निर्माणमा कसैले अवरोध गर्न नहुने भन्दै मन्त्री सोनलले मुलुकलाई सन्तुलित बिकासतर्फ अघि बढाउन जरुरी रहेको बताए ।

‘आयोजना बनाउने मात्र नभई सबै क्षेत्रको बिकास हुने गरी कामलाई अघि बढाउनुपर्छ’ मन्त्री सोनलले भने, ‘राज्यले त्यसैअनुसार यस आयोजनालाई अघि बढाओस, प्रदेश सकार आयोजना पुरा गराउन प्रतिबद्ध छ ।’

प्रदेश सरकारकी अर्थराज्य मन्त्री उषा यादवले विमानस्थल निर्माणका लागि टांगियावस्ती क्षेत्र उपयुक्त रहेको भन्दै निर्माणको कामलाई अघि बढाउन आग्रह गरिन् । टांगियावस्तीमा विमानस्थल बनाएर वरवरका स्थानलाई शहरको रुपमा बिकास गर्नुपर्ने यादवको भनाई थियो । यधपी निर्माण क्षेत्रका लागी कटान गर्ने भनिएको रुख आवश्यक भन्दा बढी रहेको भन्दै वातावरण र पर्यावरण संरक्षणमा समेत ध्यान पुर्याउन उनले आयोजनालाई ध्यानाकर्षण गराईन् ।

पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले विमानस्थलको कामलाई अघि बढाउन सरकारसंग आग्रह गरेका छन् । द्रुतमार्गका कारण पनि विमानस्थलको कामलाई तिब्र गतिमा अघि बढाउन जरुरी रहेको पौडेलले बताए ।

प्रविद्धता कार्यक्रममा प्रदेश सदस्य सुन्दर बिश्वकर्मा र ज्वाला साहले विमानस्थलको कामलाई चासोका साथ अघि बढाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले दक्षिण एशियाकै ट्रान्जिट हबको रुपमा बिकास हुन सक्ने विमानस्थलले बाराको मात्र नभई प्रदेश र राज्यको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतिबद्धता कार्यक्रममा आयोजना प्रमुख ओम शर्माले हालसम्म प्रगति प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंह, जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरी, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाललगायतको उपस्थित रहेको थियो ।

Write your Comment