सिमरा, २० फागुन ।
नेपाल अपाङ्ग सेवा संघ बारालाई नव निर्माण कन्ट्रक्सन प्रा.ली.सिमराले सहयोग गरेको छ । प्रा.ली.को पहिलो बार्षिक उत्सवका अवसरमा संघलाई ७ थान पँखा सहयोग गरेको हो ।
संघको सभाहलमा आज एक कार्यक्रमका बिच अध्यक्ष धन प्रसाद बजगाईलाई प्रा.ली.का संचालक द्धय रुपेश पोख्रेल र शरद पराजुलीले संयुक्त रुपमा पंखा हस्तान्तरण गरेका हुन् ।
कार्यक्ममा प्रा.ली.का अध्यक्ष पोख्रेलले आफ्नो जन्मोत्सव कुनै होटलमा मदिरापान सहित र केक काटेर नगरी अपाङ्गता भएका बालबालीकालाई सहयोग गरेर मनाएको बताए ।
संघको निर्माणधिन दोश्रो तल्ले भवनका लागी सो पंखा प्रयोगमा ल्याइने बताउँदै संघका अध्यक्ष बजगाईले संघमा आबद्ध भएर जीवन बिताइरहेका अपाङ्गता भएका बालबालीले युवा पुस्ताको बिशेष मायाँ खोजिरहेको बताए ।
Write your Comment