सडकबिस्तारले बिजुली प्रशारण लाईन अब्यवस्थित 

रातोघर

 २० फाल्गुन २०७५, सोमबार २१:५३  मा प्रकाशित
२९५ पाठक संख्या



मनहर्वा ,
जितपुरसिमरा उमहानगरमा पछिल्लो समय सडक बिस्तार र चाँैडा पार्ने कामले तिव्रता पाएसंगै बिजुली प्रशारण लाईन भने अब्यवस्थित बन्दै गएको छ । सडकको एक छेउमात्र बिजुलीका पोल र प्रशारण लाईन हुने हुँदा सडकपारी घर भएकालाई भने बिजुलीको प्रशारणले ज्यान नै जाने जोखिम बढेको छ ।

सडक एकछेउबाटै बिजुली प्रशारण बिस्तार गरी दुबैतर्फ बिजुली बितरण गरिरहेको बिधुत प्राधिकरणलाई सडक चौँडा भएसंगै दिनानुदिन समस्या भोग्दै आईरहेको छ । सडकमा गुडने साना ठुला सवाराीका साधनका कारण क्रस गरि घरघरमा पुर्याइएका बिजुलीका तार चुँडिने गरेको स्थानियको गुनासो छ ।

सडक विस्तारका क्रममा सडकको उचाई र क्षेत्रफलका कारण बढेको दुरिसँगै विधुतीय पोल होचो हुँदा पनी समस्या भएको हो । सडक अग्लो हुँदा एकातर्फाबाट अर्कातर्फ वितरित प्रसारणका तार सडकमा गुड्ने मालवाहक सवारीले चुडाईदिने गर्दा दिनानुदिन समस्या हुने गरेको उनीहरुको स्थायिनको भनाई छ ।
जितपुरसिमरा उपमहानगरपालिका १६, १८ सँगै कलैया उपमहानगरपालिका २४, २ लगायत मानमत˗मटिअर्वा सडक खण्डका स्थानिय यो समस्याबाट सबै भन्दा बढीमा मारमा पर्दै आएका छन् ।
एकातर्फको विधुत प्रसारण लाईनबाट सडकको अर्को तर्फका घरहरुमा प्रयोग हुने क्रस विधुतलाईन मालवहाक सवारीमा अल्झेर चुडिने गर्दा सर्वसाधारणका घरका मिटरबस्क सहित संचार सामाग्रि रेडियो, टेलिभिजनसँगै कृषि प्रयोजनका पानी तान्ने मोटरमा क्षती पुग्ने गरेको स्थानियले बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका १६ डकाहाका कृष्ण बहादुर रानाले उखु बोकेको ट्रकले आफ्नो विधुतीय तार अल्झाउँदा मिटरबक्स, टेलीभिजन र पानी तान्ने मोटर जल्दा ७० हजार रुपैया बढीको क्षती भएको रातोघरलाई गुनासो गरे ।
उनी जस्तै अम्मर बहादुर पिठाकोटे, देव बहादुर आले, दलबहादुर गाहामगर लगायतले यो समस्याबाट बारम्बार पिडित बन्नु परेको गुनासो गरे । उक्त ठाउँमा मानमत मटिअर्वा सडकको पश्चिम तर्फबाट विधुत प्रसारण लाईन लगिएको छ । सो लाईनबाट सडक पूर्व घर रहेका २५ बढि घरधनी यो समस्याबाट आजित बनेको स्थानिय शिक्षक गुणराज मगरले सुनाए ।
सोही सडक अन्तरगतको पिलुवा, बडहर्वा, सखुई, श्रीपुर, चिनीमिलटोल ,विद्यानगर, उत्तरझिट्कैंया, औधारपुर लगायत गाउँका स्थानियले सडकपार विधुत प्रसारण लाईनबाट समस्या झेल्नु परेको गुनासो गर्दै आएका छन् । विधुत प्राधिकरणमा पटकपटक गुनासो गर्दा समेत सुनवाई नभएको गुनासो उनीहरुको छ ।
त्यसो त स्थानिय जनप्रतिनिधिलाई कैयौं पटक समस्या समाधानमा पहल गरिदिन आग्रह गरेपनी आश्वासन वाहेक नपाएको पिडितहरुले बताए ।
यता जीतपुरसिमरा उपमहानगरपालिका १६ का अध्यक्ष केदारनाथ बजगाँईले आफ्ना वडाको प्रभावित क्षेत्रका लागि ४० वटा पोलको ठेक्का सम्झौता सम्पन्न भएकाले यसै आर्थीक बर्षभित्र कामहुने बताए । अन्यत्रको अवस्था थाहानभएको बताए ।

Write your Comment