मनहर्वा,बारा
दानविर अधिकारी परिवारको सहियोगमा जीतपुरसिमरा उपमहानगरपालिका १८ को बडहर्वामा महाशिवरात्रिको अवसरमा ३३ ईन्च अग्लो पञ्चमुखि शिवलिङ्गको प्राणप्रतिष्ठा सहित ओमकारेश्वर महादेवको मन्दिर स्थापना गरिएको छ ।
करिब २१ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न मन्दिर निर्माणमा स्थानिय विनिल प्रसाद अधिकारीको परिवारले करिब १५ लाख रुपैया आर्थीक सहयोग गरी दानविरको उपाधि पाएका हुन् । अधिकारीले स्वर्गिय हजुरबुवा कुल प्रसाद अधिकारी सहित दिवाङ्गग पितृहरुको नाममा उक्त मन्दिर निर्माणमा सहयोग गरेका हुन् ।
प्यागोडा शैलीमा निमार्ण गरिको मन्दिरको महाशिवरात्रिको अवसरमा सोमबार भब्य पूजाअर्चना सहित मूर्ती अनावरण सहित पूजापाठ सूरु गरिएको छ । मन्दिर अनावरणका लागि स्थानिय १४ पूरोहितहरुद्वारा दिनभर पूजाअर्चना, होमहोमादी सहित लक्ष्यदिप समेत बालिएको थियो । मन्दिर निर्माणको बाँकी ६ लाख रकम स्थानियले चन्दा सहयोग गरेका हुन् ।
मूर्ती सहितको मन्दिरको प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले अनावरण गरेकी हुन् । मन्दिर तथा मूर्ती अनावरण समारोहलाई सम्बोधन गर्दै साहले उमहानगरको वडहर्वालाई धार्मिक पर्यटनका रुपमा विकास गर्न आफु लागि पर्ने बताइन् ।
कार्यक्रममा दानविर विनिल प्रसाद अधिकारी सहित उनका पिता विष्णु प्रसाद अधिकारी, माता ईन्दीरा, अधिकारी पत्नी अप्सरा अधिकारी सहितका वहाँका आफन्तहरु तथा जितपुरसिमरा उपमहानगरपालिका १६ का अध्यक्ष केदारनाथ बजगाँई, १८का अर्जुन प्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।
Write your Comment