शिक्षक आन्दोलनको सरकारी दमनप्रती उच्च माध्यामिक शिक्षक युनियनको भत्र्सना

रातोघर

 २१ फाल्गुन २०७५, मंगलवार १८:२८  मा प्रकाशित
६८२ पाठक संख्या



सिमरा ।
राहत, बालबिकास र अस्थाई शिक्षकहरुको आन्दोलनमा सरकारले गरेको दमनप्रती बिभिन्न शिक्षक युनियनहरुले भत्र्सना गरेका छन् । मंगलबार नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियनले बिज्ञप्ती जारी गर्दै शिक्षकहरुका आफ्ना जायज तथा आधारभुत मागहरुलाई बेवास्था गरी गैरजिम्मेवापुर्ण दमन गरेको प्रती सरकारकको घोर भत्र्सना गरेको छ ।
शिक्षकहरुको जायज मागहरुको न्यायोचित सम्बोधन गरिनुको बदला अमानविय ढंगले निर्मम दबाबमा प्रहरी उत्रेको बिरुद्धमा आज बाराका सबै सामुदायिक बिद्यालयहरुले पठनपाठन ठप्प पारेका छन् । शिक्षकहरुको माग पुरा नभए कडा आन्दोलनको कार्यक्रमहरु गर्ने चेतावनी समेत बिज्ञप्तीमा दिइएको छ ।
युनियन बाराका जिल्ला कार्य समितीका अध्यक्ष राधेश्याम शिवाकोटीको हस्ताक्षरमा जारी बिज्ञप्तीमा सरकारी दमनको बिरोध गर्दै आन्दोलनप्रती यक्यबद्धता समेत जनाएका छन् ।

Write your Comment