प्रधानमन्त्री ओली अस्पताल भर्ना

रातेघर

 २२ फाल्गुन २०७५, बुधबार १३:३४  मा प्रकाशित
२१३ पाठक संख्या


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना  भएका छन् । उनी

नियमित स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल भर्ना भएका छन् ।

उनी बुधबार बिहान अस्पताल गएका हुन् ।  नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय नमिलेकाले त्रिवि शिक्षण अस्पताल गएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । उनले भने, अस्पताल भर्ना भएको भन्दा पनि नियमित चेकजाँचका लागि आउनु भएको हो । दिनभर जस्तो लाग्छ होला ।’

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ ।

@onlinekhabar.com

Write your Comment