महिला संघ बाराले पथलैयमा आयोजना गर्यो दिवस बिशेष कार्यक्रम

रातोघर

 २२ फाल्गुन २०७५, बुधबार १९:४९  मा प्रकाशित
७९० पाठक संख्या



सिमरा ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ बाराले १०९ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पथलैयामा एक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि समेत रहेका नेपाली काँगे्रस बाराका सभापति जयचन्द्र चौरासीयाले महिला अधिकारका कुरा महिलाको मात्रै नभएको भन्दै आफु र आफ्नो पार्टी देशको ५१ प्रतिशत जनसंख्या भएको महिलाहरुको अधिकारको लागि लड्न तयार भएको बताएका छन् । ‘जबसम्म महिलाले आफ्नो अधिकार पाएको महसुस गर्दैनन् तव सम्म समृद्ध नेपालको नारा साकार हुन सक्तैन’ सभापति चौरासियाले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारीले जवसम्म एउटी महिला ढुक्कले हिँड्न र बोल्न सक्ने अवस्था आउदैन तव सम्म महिला अधिकार सुनिश्चित हुन नसक्ने बताईन् ।
महिलाको अधिकार स्थापित गर्दै उनीहरुको राजनीतिक, सामाजिक, तथा सांस्कृतिक विकासको लागि अहिले पनि लडीराख्नु परेको तिवारीको भनाई थियो । महिलालाई हरेक तहमा ३३ प्रतिशत भनिए पनि सो कुनै पनि तहमा लागु हुन नसकेको भन्दै सबै महिलाहरु आत्म विश्वासका साथ अगाडी बढ्नु पर्ने उनको भनाई थियो ।
यस्तै जितपुरसिमरा उपमहानगरका नगरसभापती श्यामबाबु गुप्ताले महिलाको अधिकार कागज र कानुनमा मात्र सिमित राख्न नहुने जिकिर गरे । पलिल्लो समय महिलाहरु पनि देशको प्रमुख कार्यकारी निकायदेखी स्थानियतहसम्म जिम्मेवारी सुनिश्चित गरिएकोमा खुशी ब्यक्त गर्दै अब अधिकार प्राप्तीका लागी महिला स्वयम अग्रसर हुन आवस्यक रहेको बताए ।
कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य निरु रायमाझी, पूर्व सांसद मधु शाहि ठकुरी, नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, राधा शाह, तामाड संघ बाराका अध्यक्ष धु्रव लामा लगायतको सहभागिता रहेको थियो ।
यो वर्षको नारा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ तय गरिएको छ । विश्वव्यापी रुपमा हरेक मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवस मनाइने गरिन्छ ।

Write your Comment