सवारी ज्यानमुद्धामा २२ बर्षदेखी फरार अभियुक्त पक्राउ

रातोघर

 २२ फाल्गुन २०७५, बुधबार २०:२९  मा प्रकाशित
३४६ पाठक संख्या



कलैया ।

सवारी ज्यान मुद्धामा फरार रहेका ब्यत्ति २२ बर्षपछि पक्राउ परेका छन् । बारा, जीतपुरसिमरा उपमहानगरपालीका ७ का कमरुनदिन मियाँलाई इलाका प्रहरी कार्यालय सिमराको टोलीले मंगलबार निजकै घर नजिकैबाट पक्राउ गरेको हो ।

उनलाई पुनरावेदन अदालत हेटौँडाले २०५४ जेठ १२ गते सवारी ज्यान मुद्धामा ४ महिना कैद र ५ सय जरिवानाको फैसला सुनाएको थियो ।

निजलाई पक्राउ गरी भुत्तान गर्न बाँकी रहेको २७ दिन का लागी कारागार कार्यलय बिरगंज पठाइएको बाराका प्रहरी नायव उपरिक्षक रंजित सिंह राठौरले बताए ।

उनले ४ महिनाको कैद भुक्तानी गर्नुपर्नेमा बाँकी कैद सजाय पहिलेनै भुक्तान गरिसकेको पुनरावेदन हेटोँडाको पत्र अनुसार निजले २७ दिनमात्र कैद सजाय भुक्तान गर्न बाँकी देखिएको राठौरले जानकारी दिए ।

Write your Comment