औषधीले किन लठ्याउछ ? यस्तो छ कारण……

पुष्पराज खतिवडा

 २३ फाल्गुन २०७५, बिहीबार १५:३२  मा प्रकाशित
५४९ पाठक संख्या


बारा ।
फागुन १५ गतेबाट प्रदेश नं.२ को बारा जिल्लामा हात्तिपाईले निवारण अभियान जारी छ । पछिल्लो समय जिल्लामा रोगीको संख्या बढेको पाईएपछी अभियान थप गरिएको हो ।

जिल्लामा कुल जनसंख्याको २ प्रतिशत मानिस संक्रमित तथ्याँकले देखाएको छ । प्रदेश नंं.२ भरिमै बारामा रोगिको संख्या बढी देखिएपछी दोस्रो पटक औषधी सेवन अभियान जारी गरिएको सिमरा स्थीत प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा.प्रभा रस्मीले जानकारी दिईन् ।

सन २०१४ बाट सरकारले औषधी सेवन गराउन थालेपनी प्रभावकारी नहुँदा अन्य जिल्लाको तुलनामा बारामा यस रोगको बिरामीमा कमी नआएका कारण यस पटक औषधि सेवनबाट कोही नछुटुन् भन्ने अभियान स्वरुप अहिले हात्तिपाइले रोगको औषधी सेवन गर्न घरदैलो कार्यक्रम संचालन भइरहेको छ ।

यस क्रममा यही फागुन १५ देखी महिना भरी औषधी वितरण गरी प्रत्यक्ष निगरानीमा सबै मानिसलाई हात्तिपाईले रोगको औषधी ख्वाउने कार्यक्रम रहेको रस्मीले जानकारी दिईन् ।

औषधी सेवनपछी सामान्य असर देखिनु स्वभाविक

उनका अनुसार हात्तिपाईलेको औषधी सेवनपछी शरिरमा समान्य असर देखिनु सकारात्मक हो । मानव शरिरमा मात्रै लामो समय बाँच्न सक्ने एक प्रकारको जिवाणुका कारण मानिसमा हात्तिपाईले रोग हुने गर्दछ ।

‘जस्को शरिरमा हात्तिपाईले रोग निम्त्याउने जुकाको संक्रमण छ, त्यस्ता ब्यक्तिहरुले औषधी खाँदा रिंगटा लागेझै र लठ्याए झैँ हुनु स्वभाविक हो,’ उनले भनिन् , ‘शरिरमा सामान्य असर देखिनु जुका मरेर रोगबाट छुटकरा पाएको लक्ष्यण हो, यसमा डराउनुपर्ने कुनै कुरा छैन ।’
अहिले हात्तीपाईले रोग निवारण कार्यक्रमका सिसिलसिलामा जिल्लाभरी नै अभियान जारी रहेको छ । स्वास्थ्यकर्मीहरु घरघरमै पुगेर ओषधी बाँडिरहेका छन् । २ बर्ष मुनीका बालबालिका बाहेक सिकिस्त बिरामी, गर्भवती महिला र छारे रोगीहरुले औषधी खान नहुने डाक्टरहरुको सुझाव छ ।

त्यस्तै क्यान्सर, मुटु ,मृगौला, कलेजो ,फोक्सोका दिर्घरोगीहरु र ज्वरो आएको २४ घण्टा भित्रका विरामीले पनी औषधी खानु हुँदैन । त्यस बाहेक सबैले अनिवार्य रुपमा औधषी खाएर जिल्लाबाट हात्तिपाई रोग निर्मुल पार्न सहयोग गर्नुपर्ने डा.रेस्मीले बताईन् ।

शरिरमा लामखुट्टेको माध्यमबाट उच्चेरेरिया बाँन्क्रोफ्टी नामको परिजीवी मार्फत मानिसमा हात्तिपाईले रोग लाग्ने गर्छ ।

नेपालमा समेत कुल जनसंख्याको १५ प्रतिशत मानिस हात्तिपाईले रोगको संक्रमणमा छन् । यो अवस्थालाई २०२० सम्ममा १ प्रतिशतमा झानु पर्ने हुन्छ । त्यस्तै हात्तिपाईले रोग विश्वका ७० भन्दा बढी देशहरुमा पाईएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२० सम्ममा यो रोग उल्मुलन गर्ने रणनीति अघि सारेको छ । हात्तिपाईले रोग उल्मुलनका लागि हाल ३० भन्दा बढी मुलुकमा अभियान जारी रहेको डा.रस्मीले जानकारी गराईन् । ७० देशका १ अरब ४० करोड बढी मानिस हात्तिपाईले रोगबाट पिडित छन् ।

Write your Comment