जीतपुर ।
एम्बुलेन्स सञ्चालन सहयोगार्थ दोस्रो जीतपुर वृहत खेलकुद, सांस्कृतिक एवम् ब्यापार मेला बिहिबारबाट शुरु भएको छ ।
मेलाको औपचारिक उद्घाटन जीतपुसिमरा उपमहानगरकाका काँग्रेस नगर सभापती श्याम बाबु गुप्ताले गरेका छन् ।
पानसमा बत्ती बालेर औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापती गुप्ताले ब्यापार र बाणिज्यको क्षेत्रमा बारा सहित प्रदेश नै कमजोर रहेको भन्दै अब निजि क्षेत्रले नै हातोमालो गर्नुपर्ने बताए ।
मधेशका महिसा भन्नेहरु भन्दै गुप्ताले मधेशबादी दललाई संकेत गर्दै मधेसलाई यथोचित बिकास गर्न नसकेको आरोप लगाउँदै भोटको राजनीतीले देश बिग्रिदै गएको बताए । नगर समृद्धीको अभियानमा डोर्याउन अब उपमहानगरलेपनि उचित भुमिका खेल्नुपर्ने धारणा राख्दै उनले सबै तह र वर्गसंग सहकार्य गरेर अघि बढ्न स्थानिय तहका जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा सांसद मधु साही, नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय शाह, स्थानिय वडा अध्यक्ष ७ का रामबाबु गुप्ता, गढिमाई साझेदारी संस्थाका अध्यक्ष गणेशजी प्रसाद साह, जनहित उपभोक्ता समितीको अध्यक्ष अमृतलाल श्रेष्ठ लगाएतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
यस अघि स्थायिन निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थी र स्थानिय समाजसेवी कलश यात्रामा सहभागी भएका थिए ।
मेलाको मुख्य उदेश्य -एम्बुलेन्स खरिद
जीतपुरका स्थानिय युवाहरुको सक्रियतामा आयोजना गर्न लागिएको ११ दिने महोत्सवको मुख्य उदेश्य एम्बुलेन्स सञ्चालनका लागि सहयोग जुटाउने रहेको छ ।
आजदेखी शुरु भएको महोत्सवमा उद्योग प्रतिष्ठानको उत्पादन प्रदर्शनी, सूचना तथा प्रविधिको प्रदर्शनी, अटोमोबाईल्स, ब्यापारिक तथा ब्यवसायिक वस्तुको प्रदर्शनीका साथै विभिन्न जाति र समुदायको झाकी, विभिन्न खेलकुद प्रतियोगिता, बालउद्यानका साथै राष्ट्रिय तथा स्थानियको कलाकारको प्रस्तुती रहने आयोजक समितिका संयोजक शक्ति गुप्ताले जानकारी दिएका छन् ।
पशुपति फेयर एक्जीभिसनको ब्यवस्थापनमा सञ्चालन हुने मेलामा एक सय २५ स्टल रहनेछ । आयोजकका अनुसार हालसम्म ८० भन्दा बढी स्टल बिक्री भईसकेको र स्टलमा स्थानियलाई प्राथमिकता दिइएको संयोजक गुप्ताले बताए । मेलाको मुख्य प्रायोजकको रुपमा जगदम्बा ईन्टरप्राईजेज, सहप्रयोजकमा जगदम्बा स्टील्स् रहेको छ ।
झण्डै ६३ लाख ५० हजार अनुमानित लागत रहने मेलाको सहयोगी संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिका, रारा चप्पल, केबी साम आल्मुनियम, हुलास स्टील्स, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ रहेका छन् । मेला संयोजक गुप्ताले मेलालाई आकर्षक र उपलब्धीमूलक बनाउनका लागि विभिन्न उपसमिति गठन गरिएको बताए ।
Write your Comment