सिमरा कलेजको तेश्रो कलेज सभा सम्पन्न, त्रि.वि. उपकुलपतीले गरे उद्घाटन

उनले देशभरी नै सामुदायिक क्याम्पसहरुको अवस्था दयनिय रहेको अवस्थामा यस कलेजमा भने सप्ताह र चन्दा संकलन गरी ब्यवस्थापन गरिनु खुशीको कुरा रहेको बताए ।

रातोघर

 २४ फाल्गुन २०७५, शुक्रबार १८:०८  मा प्रकाशित
५३१ पाठक संख्या



सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका सिमरामा रहेको सिमरा कलेजले आफ्नो तेश्रो कलेज सभा सम्पन्न गरेको छ । शुक्रबार कलेजको आफ्नै परिसरमा साधारणसभाको उद्घाटन त्रिभुवन विश्वबिद्यालयका उपकुलपती तिर्थराज खनियाँले गरेका हुन् ।

सभाका प्रमुख अतिथि समेत रहेका खनियाँले उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य कलेजहरुको तुलनामा सिमरा कलेजको ब्यवस्था राम्रो रहेको भन्दै कलेजमा बिषय थप गर्नका लागी आह्वान गरेका छन् ।

हाल २ संकाल संचालनमा रहेको यस कलेजले आगामी दिनमा ब्यवसायीक शिक्षालाई समेत जोड दिँदै नगरको नमुना कलेजका रुपमा बिकास गर्न सम्भावना रहेको भनाई राखे ।

देशभरी नै त्रि.वि. का तिन प्रकारका क्याम्पसहरु रहेकोमा उनले सबै भन्दा राम्रो मोडल सामुदायीक क्याम्पसको रहेको बताए । आँगिक, सामुदायिक र निजी गरी तिन प्रकारले संचालनमा रहेका त्रि.वि. अन्तर्गतका क्याम्पसहरुमा आँगिक बाहेका अन्यमा सम्वन्धन बाहेक अन्य कुनैपनि सुबिधा दिन नसकिएको प्रति दुःख ब्यक्त गरे ।

उनले देशभरी नै सामुदायिक क्याम्पसहरुको अवस्था दयनिय रहेको अवस्थामा यस कलेजमा भने सप्ताह र चन्दा संकलन गरी ब्यवस्थापन गरिनु खुशीको कुरा रहेको बताए ।

यस्तै कार्यक्रममा आएका त्रि.वि. का शिक्षा शास्त्र संकायका डिन प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतमले सिमरामा संंचालनमा रहेको यस कलेजको सम्भावना उज्वल रहेको भनाई राखे । उनले राष्ट्रले नै शैक्षिक क्षेत्रलाई उपेक्षा गरिरहेको अवस्थामा देशका सबै सामुदायिक कलेजहरुको अवस्था यहाँको भन्दापनि जटिल रहेको भन्दै उत्साही भएर कलेजलाई माथी उठाउन आवस्यक रहेको बताए ।

देशको समग्र बिकासमा शिक्षा क्षेत्रको अहम भुमिका रहने भन्दै गौतमले सिमरा कलेज यस नगरको गहनाका रुपमा रहेको बताए । उनले अन्य क्षेत्रमा राजनितिक दाउपेचमा लागेपनि शिक्षामा भने कुनै राजनितिक धारमा नलागी भोलीको सन्ततीको भविष्य उज्वल बनाउनुपर्नेमा जोड दिए ।

शिक्षा शास्त्र संकायमा एक नयाँ ब्यवसायिक शिक्षाको सूरुवात गर्ने तयारीमा रहेको समेत उनले जानकारी दिउ ।
शिक्षा शास्त्र अन्तर्गत आइ.सि.टी. संग सम्बन्धित बिषय शुरुवात गर्न लागीएको भन्दै त्यो बिषय संचालनका लागी सिमरा कलेजले निवेदन पेश गरे सम्वन्धनमा पुर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

यसैबिच पुर्व सांसद शोभाकर पराजुलीले सिमरा कलेजको भविष्य उज्वल रहेपनि केही आग्रह पुर्वाग्रह र वैचारिक द्धन्दका कारण ब्यवस्थापनमा कठिन रहेको प्रति दुःख ब्यक्त गरे । उनले सानातिना समस्याहरुलाई सहकार्य र सहमतीमा समाधान गर्नुपर्ने भन्दै कलेजलाई आगामी दिनमा पुर्ण ब्यवस्थित रुपमा संचालनको शुभकामना समेत दिए ।
कलेजको तेश्रो बार्षिक कलेज सभाको औपचारिक उद्घाटनपछि बन्द सत्रको कार्यक्रम केही दिनपछि राखिने कलेजले जानकारी दिएको छ ।

कलेजका ब्यवस्थापन समिती अध्यक्ष मदन बहादुर क्षेत्री ।

 

कार्यक्रममा त्रि.वि. का प्राध्यापक कृष्ण आचार्य, पुर्व प्रतिनिधि सभा सदस्य जयराम दाहाल, मधु शाही लगाएतको उपस्थिती रहेको थियो ।
यसैबिच कलेजको कलेज सभाको अवसरमा केही दिन अघि स्थापना गरिएको अक्षयकोषमा समेत रकम संकलन गरिएको छ ।

आज सोही अवसरमा अक्षयकोषमा रकम सहयोग गरेका दाताहरुलाई कदर पत्रले सम्मान समेत गरिएको छ ।

कलेज ब्यवस्थापनमा आर्थिक संकट देखिएपछि केही दिन अघि कलेजले अक्षय कोष स्थापना गरी कलेजलाई आर्थिक संकटबाट मुक्त गराउने अभियानमा लागेको हो ।

कलेज ब्यवस्थापन समितिका अध्यक्ष मदन बहादुर क्षेत्रीको सभापतीत्वमा सम्पन्न कलेज सभाको उद्घाटन सत्रमा कलेज प्रमुख शालिकराम अधिकारीले कलेजको पृष्ठभुमी र भावी रणनीतीका बारेमा ब्याख्या गरेका थिए । कार्यक्रमको संचालन कलेजकी शिक्षिका सिता अधिकारीले गरेकी थिइन् ।

Write your Comment