सिमराका एक बिप्लप कार्यकर्ता प्रहरी नियन्त्रणमा

रातोघर

 २६ फाल्गुन २०७५, आईतवार १०:१७  मा प्रकाशित
४६० पाठक संख्या



सिमरा ।

बिप्लब नेतृत्वको नेकपामा आबद्ध रहेका एक जनालाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणका लिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का भिम खनाललाई शनिबार साँझ ईलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको हो ।

बिप्लप निकट अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष समेत रहेका खनालले जिल्लामा अवान्छीत गतिबिधि र चन्दा आतँकमा सम्लग्न रहेको आशंकामा  जिल्ला प्रहरी कार्यालय कलैयाको निर्देशनमा सिमरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार खनालको थप अनुसन्धान र कारवाही प्रकृयाबारे आइतबार दिउसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताइएको छ ।

Write your Comment