सिमरामा सेन्ट्रल फाईनान्स लिमिटेडको नयाँ शाखा

रातोघर

 २६ फाल्गुन २०७५, आईतवार १४:५४  मा प्रकाशित
६१३ पाठक संख्या



सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका सिमरामा सेन्ट्रल फाईनान्स लिमिटेडको नयाँ शाखा संचालनमा आएको छ । शाखाको औपचारिक उद्घाटन गर्दै जीतपुरसिमरा उपमहानगरपालीकाकी उपमेयर सरस्वती चौधरीले सिमरामा बितिय सेवालाई थप सरल र छिटोछरितो बनाउन आग्रह गरिन् ।

यस्तै शाखाले एटिएम सेवा पनि आजै संंचालनमा ल्याएको छ । एटिएम सेवाको उद्घाटन यस कार्यालय रहेको नगरको २ नम्बर वडाका वडाध्यक्ष तिलक श्रेष्ठले गरेका हुन् ।

शाखाले आयोजना गरेको एक औपचारिक कार्यक्रममा नगरका वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरे, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय शाह, होटल ब्यवसायी संघका अध्यक्ष मोहन शर्मा लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।

ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाकले कुनैपनि शाखाबाट रकम जम्मा र भुक्तानी गर्न सकिने बददक सुबिधा सहितको देशका बिभिन्न स्थानहरुमा शाखा संचालन भई सेवा दिदै आएको छ ।

संस्थाले यस जितपूरसिमरा क्षेत्रका ग्राहकहरुलाई अझ सर्वसूलभ रुपले बैंकिङ्ग सेवाहरु प्रदान गर्न यो आठौँ शाखा खोलेको र शाखा सञ्जाल र कार्य क्षेत्र विस्तार गर्ने योजना अनुरुप सिन्धूलीको भिमानमा थप शाखा आगामी हप्ताबाट सञ्चालनमा आउने प्रमूख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए ।

यस वित्तीय संस्थाले ८ प्रतिशतसम्म व्याज रहेको विभिन्न प्रकारका वचत योजनाहरु संचालन गर्दै आएको छ । त्यस्तै ३ महिनादेखि ६ वर्ष अवधिको विभिन्न प्रकारका मूद्यती निक्षेप योजनाहरु सञ्चालन गर्दै आएको छ ।

Write your Comment