सिमरा ।
पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले नगरिकले शिक्षा नपाए सरकारलाई कानुन लाग्ने बताएका छन् ।
समय सापेक्ष र सिममुलक शिक्षाबाटै समाज परिवर्तन सम्भव रहको भन्दै रायमाझीले आजको युगमा पनी शिक्षाजस्तो अपरिहार्य कुराबाट नागरिकलाई बञ्चित गराईए त्यो भन्दा बिडम्बनाको बिषय अर्को नहुने तर्क गरे ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित एक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा झुल बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी रहेका उनले सरकारी बिद्यालयमा गुणस्तरीय शिक्षा छैन भन्ने परिपाटी बदल्न आवश्यक रहेको बताए ।
आफ्ना नागरिकलाई शिक्षा र रोजगारी दिनु सरकारको दायित्व हुने भन्दै उनले भने, ‘अव तपाईँका छोराछोरी शिक्षाबाट बञ्चित हुने अवस्था आयो भने सरकारले त्यसको जवाफ दिनुपर्छ , त्यो अवस्था सृजना भए सरकारबिरुद्ध उजुर िगर्नसक्ने अधिकार पनी नागरिकलाई छ ।’ उनले भने, ‘कानुन सरकारलाई पनी लाग्छ र लाग्नैपर्छ ।’
सरकारले सञ्चालन गरेको बिद्यार्थी भर्ना अभियानको प्रशँसा गर्दैै उनले सरकार पनी सबै नागरिकलाई शिक्षाको दायरामा ल्याउने अभियानमा लागेको बताए ।
‘पछिल्लो समय देशका बिभिन्न स्थानमा सामुदायीक बिद्यालयहरु निजिको तुलनामा अब्बल साबित हुँदै गएका छन् , त्यस्ता उदाहरणबाट सबै बिद्यालयले पाठ सिक्न जरुरी छ ।’ उनले भने ।
कार्यक्रमलाई पूर्व मन्त्री प्रभु साह, नेकपाका प्रदेश सदस्य क्षेत्र बहादुर श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।
बिद्यालयका प्र.अ. राजन चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन अबिनाश आचार्यले गरेका थिए ।
Write your Comment