डुमरवाना ।
निकै लामौ ब्ययत्तिक द्धन्दपछि अन्ततः सानाकिसान डुमरवानाको नेतृत्वले निकास पाएको छ । भ्रष्टाचारको आरोपमा मुद्धा खेपेका संचालक समिति अन्तत् साधारणसभाको नयाँ नेतृत्वबाट बाहिरिएका छन् ।
सहकारीका प्रबन्धन र संचालक समितीबिचको संघर्षले कानुनी बाटो लिँदै अदालतसम्म पुगेको पृष्ठभुमीले उभिएर दुबै पक्ष आइतबार २२ औँ अधिवेशनको उद्घाटनमा एकै ठाउँमा उभिएका थिए ।
सभामा बिभिन्न कारण देखाउँदै निर्वााचन प्रकृयाबाट बाहिरिएका सिमरा शाखाका ३ जना संचालक समितीलाई बाहिरै राखेर आइतबार बहुमत प्रणालीबाट १० जना संचालक समितीको साझा सहमती र प्रतिनिधि शेयर सदस्यहरुको रहोबरमा नयाँ संचालक समिती चयन गरिएको छ ।
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १४ स्थित संस्थाको आफ्नै सभाहलमा आयोजित संस्थाको २२ औ अधिवेशनसहितको साधारण सभाबाट अध्यक्षमा विश्वनाथ लामिछाने चयन भएका हुन् ।
सर्वसम्मत रुपमा चयन भएको नव गठित सञ्चालक समितिको उपाध्यक्षमा सिता कुमारी मैनाली छिन् ।
संस्थाको सचिव र कोषाध्यक्ष पद भने खाली नै राखिएको छ । प्राप्त जानकारी अनुसार नयाँ सञ्चालक समितिको पहिलो बैठकले सचिव र कोषाध्यक्ष चयन गर्नेछ ।
नव गठित सञ्चालक समितिको सदस्यहरुमा प्रदिप सिंह बराल, सिताराम लामिछाने, नन्देश्वर चौधरी, बिष्णु कुमार श्रेष्ठ, सरस्वती तिमल्सिना, शान्ति तामाङ, मिना देवी चौधरी, भावना माया लामा चयन गरिएको निर्वाचन कमिटिका संयोजक राधेश्याम सिवाकोटिले जानकारी दिए ।
यता संस्थामा भ्रष्टाचारको आरोप झेलेकाहरु सन्चालक समितिबाट बाहिरिएका छन् । निवर्तमान अध्यक्ष शिव अधिकारी, उपाध्यक्ष कमला अधिकारी, संचालक किशोर शर्मा सहित ९ जनालाइ भ्रष्टाचारको आरोप लागेको थियो ।
यसैबिच पुर्व संंचालक समिती उपाध्यक्ष कमला अधिकारीले सिमरा शाखा अब डुमरवानाको अधिनमा नरहने भन्दै आजको साधारणसभा बहिस्कार गरेको टिप्पणी दिएकी छन् ।
रातेघरसंगको टेलिफोन बार्तामा उनले सो शाखाको मनोमानी प्रवृत्तीका कारण सिमरा शाखाले अरुको अधिन र निगाहमा नबसी बिकल्पको निकास खोज्ने र स्वायत्त अधिकारको प्रकृयागत बाटो खोज्ने बताइन् ।
Write your Comment