निजगढमा अपांगता भएका एक सय ब्यक्तीलाई सहायता सामाग्री

रातोघर

 २७ फाल्गुन २०७५, सोमबार १७:५२  मा प्रकाशित
७१९ पाठक संख्या


निजगढ ।
बाराको निजगढ नगरपालिका भित्रका करिब एक सय अपांगता भएका ब्यक्तिलाई सोमबार सहयोग सामाग्री वितरण गरिएको छ ।
नेत्रहिन संघ बारा र नेपाल अपांग सेवा संघ निजगढ ईकाईले नगरपालिका भित्रका अपांगता भएका ब्यक्तिको सहजताका लागि ह्विलचियर, ट्राईसाईकल, सेतो छडीलगायतका विभिन्न सामाग्री वितरण गरेको हो ।
राष्ट्रिय अपांग पुर्नस्थापना समाज काठमाण्डौले उपलब्ध गराएको १० लाख बढी मुल्य बराबरको सामाग्री निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र उपमेयर लिलादेवी लामिछानेले हस्तान्तरण गरेका थिए । नगरपालिका भित्र रहेका एक हजार दुई सय अपांगता भएका ब्यक्ति मध्ये एक सय जनालाई सामाग्री उपलब्ध गराउन निजगढ नगरपालिकाले ब्यवस्थापकिय सहयोग गरेको थियो ।
सहयोग सामाग्री हस्तान्तरण गर्दै मेयर खनालले अपांगता भएका ब्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन नगरपालिकाले योजना बनाईरहेको बताए । नगरपालिका भित्र रहेका अपांगताको पहिचान गर्ने काम भईरहेको भन्दै मेयर खनालले अपांगता भएका ब्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिबृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताए ।
कार्यक्रममा उपमेयर लामिछानेले अपांगता भएका बालबालिकाको शिक्षाका लागि नगरपालिकाका काम गर्न तयार रहेको भन्दै यस क्षेत्रमा लागिरहेका संघसंस्थालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरिन् ।
कार्यक्रममा अपांग पुर्नस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले अपांगता भएका ब्यक्तिले अन्य नागरिक सरह नै बाच्न सक्ने अधिकार रहेको भन्दै उनिहरुको सहजताका लागि संस्थाले सामाग्री उपलब्ध गराएको बताए । नेपाल अपांग सेवा संघका प्रदेश २ र ३ का सल्लाहकार समिति सदस्य गंगा वाग्लेले अपांगता भएका नागरिकका लागि राज्य अझै गम्भिर हुन जरुरी रहेको बताए ।
कार्यक्रममा १९ जनालाई ह्विलचियर, आठ जनालाई ट्राईसाईकल, ४० जनालाई सेतो छडि, १२ जनालाई टकिङ वाच, चार जनालाई अल्बो चर्चेज, पाच जनालाई बैशाखी, चार जनालाई वाकरलगायतको सामाग्री वितरण गरिएको अपांग संघ बाराका अध्यक्ष धनप्रसाद बजगाईले जानकारी दिएका छन् । कार्यक्रममा राष्ट्रिय नेत्रहीन क्रिकेट खेलाडी मनकेशरी चौधरीलाई नगद पाचहजार सहित सम्मान गरिएको थियो ।

Write your Comment