श्रीमतीको उपचार गर्न प्रचण्ड अमेरिका जाने

रातोघर

 २८ फाल्गुन २०७५, मंगलवार १०:१२  मा प्रकाशित
१५९ पाठक संख्या


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका जाने भएका छन् । उनी चैतको ४ गते (मार्च १८) मा अमेरिका जाने तयारीमा रहेका छन् ।

अस्वस्थ सीता दाहालको यसअघि दुई पटक सिंगापुरमा उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले अमेरिकामा गएर उपचार गर्ने सुझाव दिएपछि प्रचण्ड श्रीमतीलाई लिएर अमेरिका जाने तयारीमा लागेका थिए । प्रचण्डको अमेरिका भ्रमणको व्यवस्था मिलाउन नेपालस्थित अमेरिकी दूतावास र प्रचण्डको सचिवालयबीच कुराकानी भइरहेको छ ।

प्रचण्डले श्रीमती सीताको अमेरिकाको बाल्टिमोडमा रहेको जोन होप्किङ्स अस्पतालमा उपचार गर्ने तयारी गरेका छन् ।

विगत केही वर्षदेखि अस्वस्थ देखिएकी दाहाल छोरा प्रकाश दाहाललाई गुमाएपछि अझै बढी कमजोर बनेको प्रचण्डको सचिवालयले जनाएको काठमाडौं पोस्टमा खबर छ । प्रचण्डको अमेरिका भ्रमण विशुद्ध श्रीमतीको उपचारका लागि हुने र कुनै राजनीतिक भेटघाटको कार्यक्रम नबनाइएको सचिवालयले जनाएको छ ।

प्रचण्डले भेनेजुएला प्रकरणमा दिएको अभिव्यक्ति र द्वन्द्वकालीन घटनाका विषयलाई लिएर उनको अमेरिका भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

@khabarhub

Write your Comment