सिमरा ।
जीतपुरसिमरा उपमहानगरपालीका सिमरा कि प्रिन्सा न्यौपाने ५ बर्षकै कलिलो उमेरमा मुत्युको मुखमा परिन् । बाल शुलभ चञ्चलताका कारण एघार हजार भोल्टको बिजुली प्रशारण लाइनको स्वर्शले जिवनको २१ दिन लामो कष्ठपुर्ण जिवन ब्यत्तित गरी गत माघ १७ गते प्रिन्साले देहावसान प्राप्त गरेकी हुन् ।
गत पुस २७ गते आफ्नै छिमेकीको छतमा खेल्ने क्रममा लडेर उनी ११ हजार भोल्टेजको बिजुलीको तारमा परेकी थिईन् ।
करेन्ट लाग्दा सल्केको आगोले उनको पछाडिको भागमा गहिरो घाउ परेको थियो । तत्काल उपचारका लागी काठमाण्डौ पु¥याईएकी उनले उपचारकै क्रममा एउटा हात समेत गुमाएकी थिईन् ।
परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनको जिवनरक्षाका लागी देशदेखी बिदेशसम्मका शुभचिन्तकले अर्थिक सहयोग गरे । सिमरा, डुमरवाना, जीतपुर लगाएतका स्थानमा ‘प्रिन्सा न्यौपाने बचाउ’ अभियान नै संचालन गरी उनको उपचारार्थ रकम संकलन समेत गरियो । अन्ततः उनी रहिनन् ।
उनी नरहेपछि बाँकी संकलन भएको करिब ३ लाख रकम उनको स्मृतीमा सिमरा कलेजबाट संचालन हुने गरी ‘प्रिन्सा न्यौपाने स्मृती छात्रवृत्ती अक्षयकोष’ को स्थापना गरिएको छ ।
सो रकम मध्ये USA बस्ने सुनिल पौडेलले १ हजार २ सय अमेरिकी डलर प्रिन्साको उपचारका लागी नेपाल पठाएको थिए ।
उपचारकै क्रममा प्रिन्साको मृत्युभएसंगै उनका परिवारले सो बाँकी संकलित रकम छात्रवृत्ती अक्षयकोष स्थापनाका लागी सिमरा कलेजलाई हस्तान्तरण गरेका हुन् ।
सिमरा कलेजको तेश्रो कलेज सभाको अवसरमा प्रिन्साका बुबा राजु न्यौपानेले सो बाँकी रकम आफ्नी छोरीको सम्झनामा कलेजमा अध्ययनरत् सबै संकायलाई छात्रवृत्तिका लागी अक्षयकोष स्थापना गर्ने र सोको ब्याज आम्दानीबाट छात्रवृत्ती बितरण गर्नेगरी ३ लाख रुपैँया हस्तान्तरण गरेका हुन् ।
प्रिन्साका बुबा सोही कलेजको शिक्षक हुन् । तिन छोरीहरुमध्ये प्रिन्सा जेठी छोरी थिइन् ।
Write your Comment