उपहार इलेक्ट्रोनिक्सको जन्मोत्सव उपहार , समानमा ४० प्रतिशतसम्म छुट्

रातोघर

 २८ फाल्गुन २०७५, मंगलवार १४:०९  मा प्रकाशित
५३६ पाठक संख्या



सिमरा ।
उपहार इलेक्ट्रोनिक्सले सिमरामा आधुनिक शैलीमा ब्यापार प्रवर्धन शुरु गरेको छ ।

बिगत १३ बर्षदेखी चौधरी ग्रुपको आधिकारीक बिक्रेताको रुपमा सो ब्राण्डका सामग्री बिक्रि गर्दै आइरहेको उपहारले केहीदिनदेखी आफ्नो शोरुमलाई आधुनिक र डिजिटल बनाएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारीले औपचारिक उद्घाटन गरी शोरुमले सिमरामा आफुलाई फरक पहिचान बनाएको हो ।

करिब ३ करोडको लगानी रहेको सो शोरुमलाई हाल चौधरी ग्रुपले आफ्नो ‘कन्सेप्ट कर्नर’ का रुपमा मान्यता दिएको छ ।

Image may contain: 4 people, including Thir Babu Shrestha and Jwala Sah, people smiling, people standing and indoor
हाल उपहारमा सर्वशुलभ मुल्यमा चौधरी ब्राण्डका सबैखाले सामान उपलब्ध रहको कर्नरका संचालक थिरबाबु श्रेष्ठले जानकारी दिए ।

उपहारले आफ्नो १३ औँ बार्षिकोत्सवका अवसरमा एक हप्ते छुट अफर समेत राखेको छ । एक हप्तासम्म गू्रपका सबै सामानमा २० देखी ४० प्रतिशतसम्म छुट रहेको श्रेष्ठले बताए ।

Write your Comment