मनहर्वा।
जीतपुरसिमरा उपमहानगरपालिका १७ जैतापुरमा रहेको नेपाल राष्टिय माध्यामिक विद्यालयले मंगलबार अबिभावक भेला सम्पन्न गरेको छ । अबिभावक भेलाको सोही वडाका अध्यक्ष नवराज खड्काले उद्घाटन् गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै खड्काले विद्यालय सुधारमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमा उपस्थीत अभिभावकहरुले विद्यालय भौतिक रुपमा सुधार भएपनी शैक्षिकस्तर सुधार नभएको, विद्यार्थी घट्दै गएको लगायतका गुनासो गरेका थिए । ४ सय बढी विद्यार्थी अध्ययानरत् विद्यालय यस क्षेत्रकै पुर्वाधार सम्पन्न विद्यालय भित्र पर्दछ ।
२०१७ सालमा स्थापना गरिएको विद्यालयको नाममा ६ विगाह बढी जमिन आफ्नो स्वामित्वमा छ । विद्यालयले उक्त जमिनको केही क्षेत्रमा ३० बर्ष अघिबाट जैतापुर बजार संचालन गर्दै आएको छ । यद्यपी विद्यालय घाटामा रहेको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरियो ।
बजार क्षेत्रको जमिनमा ब्यक्तिहरुले विद्यालयले मनपरि घर निर्माण गर्न दिँदा सार्वजनिक सम्पतीको दुरुपयोग भएको आवाज उठाउँदै आएका छन् । विद्यालयको जमिनमा संचालित बजारलाई ब्यवस्थीत रुपमा विकास गरी विद्यालयको दिगो आम्दानीको श्रोत निर्माणमा काम गर्ने वडाअध्यक्ष खड्काले बताए ।
नगर शिक्षा ऐन अनुसार विद्यालयका अध्यक्ष तथा संरक्षण समेत रहेका खड्काले विद्यालयको भौतिक सुधारमा समेत आफुले अनुकरणीय योगदान दिने बताए ।
नया नेतृत्वका लागि ९ जना चयन,अध्यक्ष भोली टुङ्गयाईने
भेलाले आजै नयाँ ब्यवस्थापन समिति गठनका लागि ९जनाको नाम सर्वसहमतीमा चयन गरेको छ । यद्यपी पद विभाजन भने बुधबार (भोली) गरिने भएको छ ।
कार्यक्रममा स्थानिय सामाजिक अगुवा शिक्षप्रेमी विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको सहभागिता थियो । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष विजय रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक दिपेन्द्र चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुन गरेका थिए । शिक्षक बैकुण्ठ नेपालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Write your Comment