वडाअध्यक्षलाई अपशब्द नबोल्न प्रधानाध्यापकको पत्र

‘हामी हिसाब बुझाउने तयारीमै थियौँ, उहाँ बिद्यालयमै आएर जागीर खाइदिने समेत धम्की दिएर गालीगलौच गर्नुभो’

रातोघर

 २९ फाल्गुन २०७५, बुधबार १४:०४  मा प्रकाशित
३०३ पाठक संख्या



सिमरा ।

बाराको जीतपुसिमरा उपमहानगरपालीका २१ अमलेखगञ्जमा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयले त्याहाँका वडाअध्यक्षले बिद्यालयमा अस्वाभाविक हैकम देखाएको आरोप लगाएको छ ।

वडा अध्यक्ष कृष्ण शाही ठकुरीले बिद्यालयको हाता भित्र अपशब्द प्रयोग गरी असहज वातावरण बनाएको भन्दै मंगलबार बिद्यालयले नगर कार्यपालीकालाई बोदार्थ जनाई मर्यादामा रहन आग्रह गर्दै पत्राचार गरेको छ ।

बिद्यालयकी प्रध्यानाध्यापक अस्मिता आचार्यका अनुसार वडा अध्यक्ष ठकुरीले बिद्यालयलाई फागुन १२ गते ५ दिनको म्याद भित्र गत आर्थिक बर्षको हिसाव किताव बुझाउन पत्राचार गरेका थिए ।

सोही समयावधीभित्र समितीको वैठक बस्न नसकेपछि बिद्यालयले सो अवधीमा हिसाब बुझाउन नसकेको र केही दिन थप लाग्ने भन्दै आफुले वडाअध्यक्षलाई फोन गरेको प्र.अ. आचार्य बताउँछिन् ।

तर फागुन २६ गते वडाअध्यक्षले पुनः बिद्यालयलाई ३ दिनभित्र हर हिसाब बुझाउन उर्दी जारी गरेको उनैले सुनाइन् ।
बिद्यालयले हिसाब बुझाउने तयारी गर्दागर्दै वडाअध्यक्षले हैकमबादी र दादागिरीको शैलीमा बिद्यालयमा आएर मनलाग्दी बिद्यालय परिवारलाई गालीगलौच गरेको बताइन् ।

‘हामी हिसाब बुझाउने तयारीमै थियौँ, उहाँ बिद्यालयमै आएर जागीर खाइदिने समेत धम्की दिएर गालीगलौच गर्नुभो’, प्र.अ. आचार्यले भनिन् , ‘उहाँले हिसाब माग्ने बित्तिकै हामीले तुरुन्तै दिनुपर्ने हामी पनि मेसिन होइनौँ, हिसाब जुटाउन समय लाग्छ, तर उहाँले पुर्वाग्रही रुपमा बिद्यालयमै आएर महिलाले सुन्नै नसकिने अपशब्द प्रयोग भो ।’

यता बिद्यालयका बिद्यालय ब्यवस्थाप समिति अध्यक्ष नागेन्द्र श्रेष्ठले बिद्यालयको आय ब्ययको बहानामा वडा अध्यक्ष ठकुरीले तानाशाह प्रवृत्ती देखाएको बताए । वडा अध्यक्ष जस्तो गरिमामय पदमा बसेर बिद्यालयको संरक्षक बनी सहयोगी भुमिका निर्वाह गर्नुपर्नेमा बिद्यालयको बातावरण असहज बनाई बिद्यालय हाताभित्रै धम्कीपुर्ण भाषमा गालीगलौच गर्नुले बिद्यालयको गरिमालाई धज्जी उडाएको उनको भनाई छ ।

यसैबिच वडाअध्यक्ष कृष्ण ठकुरीले पत्रमार्फत पटक पटक बिद्यालयको आय ब्यय हिसाब माग्दा नदिएपछि आफैँ गएर हिसाब मागेको बताए । उनले बिद्यालय परिसरभित्र बोल्ने नहुने प्रवृत्तिका अश्लिल शब्द प्रयोग गरी बिद्यालय परिवारलाई गालीगलौच गरेको प्रति अस्विकार गरेका छन् ।

Write your Comment