जीतपुरसिमरा १८ मा आगलागी

रातोघर

 २९ फाल्गुन २०७५, बुधबार १८:११  मा प्रकाशित
१७८ पाठक संख्या



मनहर्वा, बारा  ।

जीतपुरसिमरा उपमहानगरपालिका १८ को कुस्माडीमा बुधबार विहान आगलागी भएको छ । आगलागीमा परि स्थानिय भवानी प्रसाद फुँयालको र्दुईतले गोठ जल्दा त्यहाँ रहेका फर्निचर सहित १ लाख २० बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जस्ताको छाना रहेको माथील्लो तलामा फर्निचर तथा पराल राखिएको गोठमा प्रयोग गरिएको बिद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
विहान पौने ११ बजे लागेको आगो स्थानियबासी,जनपथ प्रहरी, शसस्त्र प्रहरी , जीतपुरसिमरा तथा कलैया उपमहानगरपालिकाका दुई बारुण यन्त्रको सहयोग डेढघण्टापछी नियन्त्रणमा लिने काम भएको हो । आगलागिमा परि गोठ, फर्निचर सामाग्रि पशुआहार सहितको धनमाल जलेर नष्ट भएपनी मानविय एवं पशुजन्य कुनै किसिमको क्षती नभएको प्रहरीले जनाएको छ ।
यस अघि गत शनिवार सोही वडाको बडहर्वाका तिलक बहादुर गुरुङ्गको भान्सा घरमा आजलागि भएको थियो । आगलागिमा परि गुरुङ्गको भान्साघर सहित त्यहाँ रहेका मालसमान भाँडाकुँडा, अन्न , संचार समाग्री जलेर नष्ट हुँदा ५ लाख मूल्य बराबरको क्षेती भएको थियो । खाना पकाउने चुलोबाट सल्किएको आगोबाट घरमा आगलागी भएको थियो । घरमा लागेको आगोबाट सँगैको गाईगोठ समेत जलेर नष्ट भएको थियो ।

Write your Comment