हुलाकी राजमार्ग आयोजना विरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

रातोघर

 २९ फाल्गुन २०७५, बुधबार १८:२३  मा प्रकाशित
२९८ पाठक संख्या


कलैया ।

बारामा हुलाकी राजमार्ग विरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।
कलैया उपमहानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष डा. अख्तर अंसारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।

उपमहानगरपालिकाको रामपुर वडा कार्यलयबाट निस्केको रैली नगरको परिक्रममा गर्दै कलैया विरगंज सडक खण्ड केहि बेर अवरोध समेत गरेका थिए ।

रैलीले जिल्ला प्रशासन कार्यलयको गेटमा बाटो अवरोध गरि हुलाकी आयोजनाको विरुद्धमा नाराबाज्री समेत गरिएको थियो ।

हुलाकी आयोजनाले वा ठेकदार कसैले पनि वडामा समन्वय नगरि आफनो मनपरी ढङ्गले काम गरिरहेको वडाध्उक्ष डा असारीले बताए । पुरानै बाटोको ग्राभेल उत्खन्न गरि पुन त्यही ग्राभेल बाटो बनाउन प्रयोग गरिरहेको जसले बाटोको गुणस्तर खस्किदै जाने उनले बताए ।

बाटोमा लगाईने हयुम पाईप उल्टो दिशामा लगाएकोले सयौ किसानहरु मर्कामा परिरहेको बताएका छन । नालाको पानी खेतमा जादा बाली नष्ट समेत भईरहेको बताए ।

विरगज बरियारपुर सडकखण्डको दायाँ बायाँ नाला निमार्णको कार्य नभएकोले वर्षायाममा वडा ९ को रामपुर र लोढिया टोल डुबानमा पर्ने बताए ।

टेङ्गरहर नदिमा पुल बनाउन ठेक्का पास भएता पनि हुलाकी राजमार्ग आयोजना कार्यलयलाई पटक पटक ताकेता गर्दा पनि हुलाकी आयोजनाले बेवास्ता गर्दा प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई ज्ञापन पत्र बुझाउन आएको वडाध्यले बताए ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारीले हुलाकी आयोजना प्रमुख अनुठालाल पटेल नभएको र यसका ईन्जिनियरसँग समन्वय गरि समस्याको समाधान गर्ने प्रतिवद्धता गरेका छन ।

समाचार स्रोत – अजय शाह

Write your Comment