सिमरा ।
नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपासँग निकट रहेको आशंकामा बाराको सिमराबाट पक्राउ परेका भिम खनाललाई सार्वजनिक शान्ति बिरुद्धको मुद्धा दर्ता गरिएको छ ।
पछिल्लो समय बिध्वंसकारी गतिबिधी सञ्चालन गर्दै आएको बिप्लव समुहमा आवद्ध रहेकोभन्दै गत शनिबार ईलाका प्रहरी कार्यालय सिमराले उनलाई नियन्त्रणमा लिएको थियो ।
आईतबार जिल्ला अदालत बाराबाट १० दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको सिमरा प्रहरीले उनिमाथी शान्ति बिरुद्धको मुद्धा दर्ता गरी कारवाहि अघि बढाएको छ । अनुसन्धानका क्रममा खनाल बिप्लब निकट मजदुर संगठनको जिल्ला अध्यक्ष रहको खुलेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुबास हमालले जानकारी दिए ।
‘हालसम्म उनी बिप्लव निकट मजदुर संगठनको अध्यक्ष भन्ने खुल्न आएको छ ।’ प्रहरी निरिक्षक हमालले भने, ‘ जिल्ला अदालतबाद म्याद थपी अनुसन्धान जारी राखेका छौँ ।’
उता बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले अराजक गतिबिधी गर्नेमाथी निगरानी तिब्र पारिएको बताएका छन् । सरकारले मंगलबारमात्रै बिप्लव समुहमाथी प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोहि निर्णयबमोझिम बिप्लव समुहका कार्यकर्तामाथी निगरानी बढाएको एसपी भट्टराईले बताए ।
सरकारको निर्णयको बिरोधमा आन्दोलनका कार्यक्रमहरु समेत तय गरेको जानकारी आफुलाई आएको भन्दै भट्टराईले भने, ‘सडकमा निस्किनासाथ नियन्त्रणमा लिनेछौँ ।’
भुमिगत रुपमा अराजकता फैलाउन खोज्नेहरुको पनी तिब्र खोजिकार्य भैरहेको उनले दाबी गरे ।
Write your Comment