बारा ।
संगितकार तथा गायक बिकास पाण्डेको संगितमा नया म्युजिक भिडियो युट्युबमा आज सार्वजनीक भएको छ । ‘बेबि आई लभ यु’ बोलको म्युजिक भिडियो आज बिहान कलेज नेपालमार्फत सार्वजनीक भएको हो ।
सो गित बिकास पाण्डेको शब्द÷संगितमा तयार भएको हो । पाण्डेले यसअघि भन्डै २ दर्जन बढी गितमा आवाज तथा संगित भरिसकेका छन् ।
बाराका सिमरामा रहेर संगित क्षेत्रमा जमिरहेका पाण्डे ‘क्यान बि’ एल्बमबाट संगित क्षेत्रमा उदाएका हुन् ।
‘क्यान बि’ मा उनको ‘मायाँले मार्यो’ र हुन ‘सक्छ मेरो आँगन’ बोलका दुई गितले निकै चर्चा बटुलेको थिय ।
त्यसैगरी केहिदिन अघि भारतिय गायक पुष्पन प्रधानको आवज र पत्रकार गिरिजा अधिकारीको शब्दमा आएको ‘ए सरकार’ बोलको गीतमा पनि उनले संगीत दिएका थिए ।
उनले नेपालका चर्चित गायक रामचन्द्र काफ्ले, प्रमोद खरेल,नेपाल आइडलका निशान भट्टराई, प्रदाप दास, मेनुका पौडेल लगाएतको स्वरमा समेत संगित भरिसकेका छन् ।
‘झिमझिम’ ,डबल मायाँ’ लगाएतका गितमा उनको संगितले नेपाली संगित बजारमा चर्चा बटुलेसंगै यत्तीबेला उनी करिब १ दर्जन बढी म्युजिक भिडियोमा ब्यस्त देखिएका छन् ।
हाल बजारमा आएका ‘बेबी आइ लभ यु’ बोलको गितमा सिमरा आईडल सनि सुनुवारले स्वर दिएका छन् । भिडियोमा सिमराका अनिल सुनुवारको मुख्य भुमिका रहेको छ । त्यसबाहेक रियासा र जिवेसलाई पनि भिडियोमा देख्न सकिन्छ । यस गितलाई सिमरामा रहेको इन्द्र सुनचाँदी पसलले लगानी गरेको हो ।
भिडियो हेर्नुहोस्
Write your Comment