बारामा बिप्लबका चार कार्यकर्ता पक्राउ

रातोघर

 ३० फाल्गुन २०७५, बिहीबार १७:४४  मा प्रकाशित
१४० पाठक संख्या


बारा ।

बारा प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पचरौता नगरपालिकाका ईन्चार्ज चन्द्रिका पटेल, कलैया पिपराढीका जिल्ला जनपरिषद (जनसत्ता प्रमुख) शिवचन्द्र अधिकारी, बारागढी गाउँपालिका सुखीपथराका मधेशी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रीय सदस्य सर्वजीत चौधरी र जीतपुरसिमरा उपमहानगर निवासी अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष भीमबहादुर खनाल रहेका छन् ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय, बाराको हिरासतमा राखिएको छ ।

पक्राउ परेकाहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Write your Comment