जीतपुर मेलामा ज्योती मगरलाई ढुँगा प्रहार (भिडियो)

रातोघर

 १ चैत्र २०७५, शुक्रबार ११:४८  मा प्रकाशित
२४७ पाठक संख्या



जीतपुर (बारा) ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका जीतपुरमा जारी तेश्रो जितपुर ब्यापार, खेलकुद तथा ब्यापार मेलामा प्रस्तुती दिन आएकी लोक गायीका ज्योती मगरमाथी ढुँगा प्रहार भएको छ ।

बिहिबार साँझ उनले स्टेजमा आफ्नो प्रस्तुती दिँदा दिँदै अगाडीबाट ढुँगा प्रहार भएको आफुँले थाहा पाएपछि उनले प्राबिधिकलाई गित रोक्न लगाएकी थिइन् ।

उनले स्टेजबाटै गित रोकेर सोधिन् – ‘मलाई ढुँगा हान्ने को हो ?’

त्यपछि केहीबेर कार्यक्रममा होहल्ला भएको थियो । मगरले स्टेजबाटै भनिन्, ‘मलाई कस्ले ढुँगा हान्न लगाइराछ सब मलाई थाहा छ, म पनि सेन्स राम्रै भको मान्छे हो’ , उनले दर्शकलाई देखाउँदै भनिन् , ‘त्यस्ता एक\दुई तोर्पेहरुले हामीलाई केही गर्न सक्दैनन् ।’

केहीबेरको होहल्लापछि आयोजकले स्टेजबाटै दुर्बिनको सहायताले ढुँगा हान्नेलाई पत्ता लगाउने प्रयास गरेको थियो । यधपी केहीबेरपछि माहोल शान्त भएसंगै मगरले आफ्नो पुरै प्रस्तुती दिएर स्टेलबाट ओर्र्लिएकी थिइन् ।

बिहिबार करिब ५ हजार दर्शकले ज्योतीको प्रस्तुती हेरेका थिए । फागुन २३ गतेदेखी सुरु भएको जीतपुर मेला चेत्र ३ गतेसम्म चल्ने मेला समितीका प्रेस संयोजक रञ्जन यादवले जानकारी दिए

                               ratoghartv

Write your Comment