ट्याक्टरको ठक्करबाट सखुवा प्रसौनी गाउँपालिकाका इन्जिनियरको मृत्यु

रातोघर

 १ चैत्र २०७५, शुक्रबार १२:२४  मा प्रकाशित
१०१ पाठक संख्या


वीरगञ्ज ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत ईन्जिनियरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ४० वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको हो ।

ना१प २६२६ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ र्फकने क्रममा वीरगञ्ज महानगरपालिका-१९ विन्दवासिनी चोकमा बिहीबार राति ९ बजेतिरको समयमा विपरीत दिशाबाट आइरहेको ना३त ३६९३ नम्बरको ट्याक्टरको टायर उछिट्टएिर उनलाई लागेको थियो ।

टायरले लागेर गम्भीर घाइते भएका गुरुङको एलएस न्युरो अस्पताल पानीट्याङकी वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

ट्याक्टर चालक फरार रहेको तर ट्याक्टर धनीको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

@onlinekhabar

Write your Comment