सिमरा।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका सिमरामा रहेको हुलास स्टिल इन्ड्रिस्टीज प्रा.ली मा आगलागी भएको छ ।
शनिबार अपरान्ह् १२ बजे स्टिलको कुलिङ्ग टावरमा आगलागी भएको हो । आगलागीको कारणबारे खुल्न सकेको छैन । त्याँहा काम गर्ने कर्मचारीका अनुसार कामदार त्याँहा पुग्दा आगो लागीरहेको अवस्थामा भेटिएको बताएका छन् ।
आगो नियन्त्रण गर्न नेपाल आयल निगम अमलेखगञ्ज र उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेटपछि आयो नियन्त्रण लिएको हो ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र कर्मचारीको सहयोगले आगो नियन्त्रणमा आएको हो ।
आगलागीबाट करिब ४० लाख बढीको प्रारम्भिक क्षतीको अनुमान गरिएको कम्पनीका प्रमुख जवाहर लाल आर्यले जानकारी दिए ।
Write your Comment