जीतपुर मेलामा आज भिटेन आउने

रातोघर

 २ चैत्र २०७५, शनिबार १४:२०  मा प्रकाशित
३२० पाठक संख्या



सिमरा ।
दोस्रो बृहत जीतपुर खेलकुद ,साँगितीक एवं ब्यापार मेलामा शनिबार नेपालका चर्चित ¥यापर भिटेन आउने भएका छन् । युवाहरुको बढ्दो मागलाई लक्षित गर्दै मेलाको दशौँ दिन भिटेन आउने जानकारी मेला समितीका अध्यक्ष शक्ति गुप्ताले जानकारी दिए ।

एम्बुलेन्स खरिद गरिने उदेश्यले फागुन २३ गतेदेखि सुरु गरिएको मेलामा हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय संगीत जगतका ख्याती प्राप्त गायहरुलाई आयोजकले हरेक दिनबोलाईरहेका छन् ।

मेला समितीका कोषाध्यक्ष प्रिन्स गुप्ताले शनिबार टिकटको मुल्य ५० रुपैयाबाट बढाएर सय रुपैया कायम गरिएको समेत जानकारी दिए । हरेक दिन समाजमा योग्दान पुरयाएका ब्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले एम्बुलेन्सको लागि चाहिने रकम अपुग भएमाआफुले पुर्ती गरिदिने घोषणा समेत गरेका छन् ।

Write your Comment