१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० वर्षीय पाठक पक्राउ

रातोघर

 २ चैत्र २०७५, शनिबार १६:२५  मा प्रकाशित
१५६ पाठक संख्या


इलाम ।

इलाम स्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङकी एक १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटना हुँदा बालिका कराएकीले घरका अन्य सदस्य उनी भए ठाउँमा पुग्दा पाठक हिँडेका थिए ।

पाठकमाथि जवरजस्ती करणीअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको जनाइएको छ ।

Write your Comment