छोरीज्वाइँसहित ‘प्रचण्ड’ आज अमेरिका जाँदै

रातोघर

 ३ चैत्र २०७५, आईतवार १०:५७  मा प्रकाशित
२७७ पाठक संख्या



काठमाडौं ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका जाने भएका छन् । उपचारका लागि पत्नी सीतालई लिएर उनी त्यसतर्फ जान लागेका हुन् । उनको साथमा छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहनेछन् ।

चिकित्सकले सीतालाई पार्किन्स भएको बताएका छन्, उनलाई सुगर र उच्चत रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् ।

सीताको स्वास्थ्यमा समस्या देखिएपछि गत असोजमा उनलाइ उपचारका लागि सिंगापुर लगिएको थियो । त्यसयता ठिक भए पनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड पत्नीलाई लिएर आज अमेरिका जान लागेका हुन् ।

Write your Comment