जकर्ता ।
इण्डोनेशियाको सुदूर पूर्वी पापुवा प्रान्तमा भारी वर्षासँगैको बाढीमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।
पापुवा प्रान्तको राजधानी जयपुरा नजिकै रहेको सेन्टानी शहरमा भारी वर्षासँगै बाढी आएको स्थानीय अधिकारीले जनाएका छन् । बाढीबाट अरु दर्जनौँ घाइते भएका छन् ।
बाढीबाट प्रभावित १ सय जनाभन्दा धेरैलाई रेडक्रस तथा स्वयंसेवीको सहकार्यमा सरकारी निकायले मद्दत गरिरहेको बताइएको छ ।
बाढीबाट अझै केही मानिसहरु हराइरहेको आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको र थप केही शव फेला पर्नसक्ने भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्थानीय अधिकारीले जनाएका छन् ।
बाढीले अन्य भौतिक पूर्वाधारमा क्षति पु¥याएको र विमानस्थलमा रहेको विमानमा समेत क्षति पुगेको छ ।
बाढीले ९ घर २ पुल तथा नजिकै विमास्थलमा राखिएको ट्विन अटर विमानमा क्षति पुगेको छ । विमानमा क्षति पुगेपनि सेन्टानी शहरको मुख्य विमानस्थल भने सञ्चालन मै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Write your Comment