काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राखिदिने भन्दै घुस लिने आयोगमै कार्यरत असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर रगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको प्रमाणसहित पक्राउ परेका उनले आयोगमा विचाराधीन रहेको सेवाग्राहीविरुद्ध बाटो ग्रावेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजुरी कारबाही सहजीकरण गरिदिने भनी घुसल लिएका अख्तियारको दावी छ ।
उनले चन्दननाथ उच्च माध्यमिक विद्यालयका शिक्षकविरुद्ध आयोगमा परेको शैक्षिक प्रमाणपत्रसम्बन्धी उजुरीमा अनुसन्धान भइरहेका बेला १४ हजार ८ सय रुपैयाँ घुस लिएको पनि अख्तियारले जनाएको छ ।
अधिकारीले आफू अख्तियारको सिनियर प्रहरी निरीक्षक हुँ भनी फेसबुक प्रोफाइलमा राखेकोमा पनि अख्तियारले छुट्टै कारबाहीको मागदावी गरेको छ । नपाएको ओहोदा पाएं भनी अरुलाई विश्वासमा पारी बदनियतपूर्वक आफूले गैरकानूनी तवरबाट फाइदा लिने मनसाय राखेको अख्तियारले जनाएको छ ।
-onlinekhabar
Write your Comment