सिमरामा होलीलाई मर्यादित बनाउन र्याली

रातोघर

 ५ चैत्र २०७५, मंगलवार १३:३२  मा प्रकाशित
१६१ पाठक संख्या


सिमरा । 

हर्षोल्लासका साथ मनाईने होली (फागु)लाई मर्यादित बनाउन सिमरामा जनचेतनामुलक र्याली निकालिएको छ ।

हाम्रो समन क्याम्प सिमरा, सिमरा फाउण्डेसन सिमरा, ईलाकाप्रहरी कार्यालय सिमरा र समुदाय–प्रहरी साझेदारीमार्फत होलीको पूर्वसन्ध्यामा जनचेतनामुलक र्याली निकालिएको हो ।

र्यालीमा सहभागीले जबरजस्ती  रंग तथा अबिर नदलौँ, लोला तथा फोहोर पानीको प्रयोग नगरौँ, तिब्र गतिमा सवारी नचलाउँ, अशल नागरिकको पहिचान दिउँलगायतका नारा लेखिएका जनचेतनामुलक प्लेकार्ड बोकेका थिए ।

र्यालीमा राजनितिक दलका नेता, युवा, शुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सहभागी भएका थिए ।

ईलाका प्रहरी कार्यालय सिमराबाट निकालिएको ¥यालीले सिमरा बजार परिक्रमा गरेको थियो । र्यालीपछी एयरपोर्ट चोकमा आयोजित सभालाई बिभिन्न ब्यक्तिहरुले  सम्बोधन गरेका थिए ।

कसैलाई जबरजस्ती रंग दल्ने, लोला हान्ने लगायतका कार्य म¥यादाबिपरित हुने भन्दै उनिहरुले सद्भावको पर्वलाई उच्छृंखल नबनाउन आग्रह गरे ।
सोहि कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुबास हमालले सिमरा क्षेत्रमा होलीमा हुनसक्ने अवांक्षित गतिबिधी नियन्त्रण गर्न ईलाका प्रहरी कर्यालय सिमराले बिशेष सुरक्षा संयन्त्र बनाएको बताए । बिभिन्न स्थानमा प्रहरीको मोबाईल टोली परिचालन गरिएको पनी उनले जानकारी दिए । घटना घटेपछी प्रहरीलाई खबर गर्नुभन्दा घटना हुनै नदिनु बुद्धिमानी हुनेभन्दै उनले उल्लासको पर्व होलीलाई सब्य तरिकाले मनाउन आग्रह गरे ।

Write your Comment