मधेसमा आज सिके राउतको शक्ति प्रदर्शन हुदै

रातोघर

 ५ चैत्र २०७५, मंगलवार १३:४९  मा प्रकाशित
१७९ पाठक संख्या


काठमाडौं ।

नवघोषित जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले  आज (मंगलबार) सिराहाको लहानबाट विजय र्याली निकाल्ने भएका छन् । उनलाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

सर्लाहीको लहानबाट  ११ बजे शुरु हुने कार्यक्रम १ बजे रुपनी  तथा ३ बजे  सप्तरीको राजबिराज पुग्ने जनाइएको छ ।  र्याली मंसापुर—हनुमाननगर—योगिनिया हुँदै कंकालिनी मंदिर  र भारदह सम्म पुग्ने सिके राउतको आधिकारिक फेसबुक पेजमा जनाइएको छ ।

लहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको घोषणा गर्दै ३५ सदस्यीय कार्यकारिणी केन्द्रीय कमिटी घोषणा गरिएको छ । निर्वाचन आयोगमा दल दर्ताको निर्णय समेत गरेको सो बैठकले पार्टीको गतिविधि जनताका बीचमा लागने निष्कर्ष निकालेको छ ।

Write your Comment