सुत्केरी व्यथाले दुई दिनदेखि तड्पिदै

रातोघर

 ५ चैत्र २०७५, मंगलवार १४:००  मा प्रकाशित
१९९ पाठक संख्या


मुगु ।

सोरु गाउँपालिका-५ स्थित ताजा गाउँकी चन्दरुपा बुढा (शाही) सुत्केरी हुन नसकेर तड्पिरहेकी छिन् । सोमबार उनलाई सुत्केरी व्यथा लागेको र सुत्केरी हुन नसकी घरमै छटपटाई रहेकी छन् ।

सुत्केरी हुन नसकेर चन्दरुपा तड्पिरहेकी सोरु गाउँपालिका ५ नेर गाउँका वडाअध्यक्ष अञ्चल बुढाले बताए।उनलाई हेलिकप्टरबाट उद्धारका लागि प्रशासन सक्षम खबर गरिरहेको उनले जनाए।

चन्दरुपालाई घरबाट बोकेर कर्णाली करिडोर हुम्ला जोड्ने सडकमा ल्याउँदै गरेको र नेपाली सेनाको हेलिकप्टर आएपछि नेपालगञ्ज लैजाने तयारी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले बताए। सञ्चार असुविधाका कारण उद्धारमा ढिलाई हुन गएको उनको ढकालले बताए।

-ekantipur

Write your Comment