गुडिरहेको ट्रकमा आगलागी

रातोघर

 ५ चैत्र २०७५, मंगलवार १४:०८  मा प्रकाशित
३८६ पाठक संख्या


सिन्धुली ।

बीपी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका-२ को पिपलभन्ज्याङमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । मंगलबार सदरमुकाम सिन्धुलीमाढीबाट मन्थलीतर्फ जाँदै गरेको बा ५ ख ३७३६ नम्बरको सिमेन्ट लोड भएको ट्रकमा आगलागी भइ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ट्रकको पछाडिको टायरबाट आगो सल्किएको थियो। आगलागीबाट ट्रक र सामान गरि ३४ लाख बराबरको क्षति भएको समेत प्रहरीले जनाएको छ।

ट्रकमा आगलागी भएपछि दुईघण्टा बीपी राजमार्ग बन्द भएको थियो। जलेको ट्रकलाई पन्छाएर यातायात सुचारु गरिएको छ।
-ekantipur

Write your Comment