होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भू र सातदोबाटोमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको हो ।दुर्घटनामा काठमाडौं कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३ सख्त घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
होलीमा बुधबार मात्र काठमाडौं उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए । गत वर्षको होलीमा २२ सवारी साधन दुर्घटना हुँदा १८ घाइते भएका थिए ।
ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभावी रुपमा सवारीसाधन चलाउने ९१८ चालकलाई कारवाहीसमेत गरेको छ । तीमध्ये ९०५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए ।
Write your Comment