एपीएफ शहीद स्मृति कपको क्वार्टरफाइनलमा

रातोघर

 ८ चैत्र २०७५, शुक्रबार २१:३४  मा प्रकाशित
२४५ पाठक संख्या


हेटौंडा ।

हिमालयन शेर्पा क्लब १–० ले पराजित गर्दै विभागीय एपिएफ क्लब हेटौंडामा जारी दोश्रो शहीद स्मृति राष्ट्रिय फुटबलको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । ३९ औं मिनेटमा एपीएफका लागि हरि कार्कीले गोल गरे ।

टिमका लागि निर्णायक गोल गर्ने कार्की शुक्रबारको खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । एपीएफले सेमिफाइनल प्रवेशका लागि क्यामरुनको क्लब दाउफिन्सको सामना गर्ने छ ।

भूगर्भ सिमेन्टको मुख्यप्रायोजन गरेको प्रतियोगितामा एक विदेशी र ए डिभिजन क्लब सहित १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिता अन्तरगत शनिबार नेपाल पुलिस क्लब र च्यासल फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

-onlinekhabar

Write your Comment