५५ हजार चोेरेर भागेका पाकेटमार ट्राफिकको फन्दामा

रातोघर

 ८ चैत्र २०७५, शुक्रबार २१:३८  मा प्रकाशित
८५ पाठक संख्या


काठमाडौं ।

कलंकीस्थित ट्राफिक प्रहरीले पाकेटमारी गरेर भाग्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय सुमन नेपाली छन् । रत्नपार्कबाट थानकोट जाँदै गरेको सार्वजनिक बसमा सवार चन्द्रागिरी–११ का ५८ वर्षीय बद्री श्रेष्ठको गोजीबाट ५५ हजार ४ सय रुपैयाँ चोरी भएको थियो ।

घटनापछि भाग्दै गरेको अवस्थामा नेपालीलाई ट्राफिक प्रहरी जवान महेन्द्र शर्माले नियन्त्रणमा लिएको कलंकी ट्राफिकका प्रहरी निरीक्षक केशवराज भट्टले बताए ।

उनको अनुसार नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग, कलंकीमा बुझाइएको छ ।

-onlinekhabar

Write your Comment