बाख्रा खान आएको चितुवा कुकुरले मारे

रातोघर

 ९ चैत्र २०७५, शनिबार ०८:३४  मा प्रकाशित
२३५ पाठक संख्या


गोरखामा कुकुरहरू मिलेर चितुवा मारेका छन्। पालुङटार नगरपालिका– ९ भोर्लेमा कुकुरहरूको आक्रमणबाट एउटा चितुवाको मरेको हो।

बिहीबार बिहान ५ बजेदेखि डेढ घन्टा चितुवा र कुकुर भीडन्त भएको थियो।

स्थानीय फुचुङ लामाको बाख्रा फार्मभित्र चितुवा पसेपछि फार्मकै सुरक्षाका लागि पालिएका कुकुर प्रतिकारमा उत्रिएका थिए। कुकुरले आक्रमणबाट चितुवाको घाँटीमा घाउ लागेको छ।

बाख्रा फार्ममा पुगेको चितुवालाई कुकुर जाइलागेछन्। छ वटा कुकुर मिलेर चितुवा मारेछन्,’ गोरखाका जिल्ला वन अधिकृत इमनाथ पौडेलले सेतोपाटीसँग भने, ‘भीडन्तमा एउटा कुकुर पनि मरेको छ।  दुइटा कुकुर घाइते छन्।

बाख्रा फार्मदेखि सालघारी बन हुँदै चिसापानीसम्म कुकुर र चितुवा भीडन्त गर्दै पुगेको बाख्रा फार्म सञ्चालक लामाले देखेका थिए।

कुकुरसँगको भीडन्तमा मारिएको चितुवा कमन लियोपार्ड’ हो। पुच्छरसमेत गरी चितुवाको लम्बाइ पाँच फिट छ भने २ फिट अग्लो छ।

करिव डेढ/दुई बर्ष उमेरको चितुवा हो। बच्चा होइन,’ पौडेलले भने, ‘कुकुर पनि उन्नत जातका सिकारी खालका रहेछन्।

मरेको चितुवालाई अहिले सदरमुकामस्थित जिल्ला वन कार्यालयमा ल्याइएको उनले बताए।

अब मुचुल्का गरेर चितुवालाई सुरक्षित ठाउँमा गाड्छौं,’ उनले भने, ‘तस्करहरूले उधिन्लान् भन्ने डरले सुरक्षित ठाउँमा गाड्नुपर्छ।

कुकुरले चितुवा मार्ने घटना बिरलै हुने उनले बताए।

चितुवाले कुकुर मार्नु अनौठो होइन। तर कुकुरले चितुवा मारिदियो ठ्याक्कै उल्टो भयो,’ पौडेलले भने।

-ratopati

Write your Comment