सिमरा ।
बिहिबार राती सिमरा वरपरको आकास आँखा पोल्ने धुँवाले ढाक्यो । सधैँजसो यस्तो धुँवाले पिडित बनेका जगदम्बा आसपासका स्थानियले सहजै अनुमान लगाए , ‘जगदम्बाको फलामे भट्टीको धुँवा ।’
उद्योगले अति बिशात्त धुँवा फागेको भन्ने सुनेपछि केही संचारमाध्यम समेत अनुगमनमा पुगे । भट्टी सुनसान देखिएको समाचार बन्यो । उद्योगका प्रमुख प्रशासकिय अधिकृत कुमोद ढकालले होलीका अवसरमा उद्योग बन्द रहेको र सबै कर्मचारी बिदामा रहेकाले उद्योगले प्रदुशण फैलाएको भन्ने समाचारमा सत्यता नभएको बोलिदिए ।
उनले बन्द रहेको उद्योगबाट धुँवा निस्कियो भनेर उद्योगलाई बदनाम गर्न खोजेको समेत आरोप लगाए । उनका अनुसार शनिबारसम्म उद्योगमा काम गर्ने सबै बिदामा छन् र सबै प्लान्ट बन्द छन् ।
यसैबिच उद्योगको धुँवा नभई बनमा डढेलो लागेर धुँवा निस्किएको भन्ने केही सामुदायिक बनका नेतृत्वमा रहनेहरुको भर्सन समेत बाहिर आयो ।
तर शुक्रबार राती नै उद्योगको झुट लुक्न सकेन । बाहिर हेर्दा उद्योग बन्द जस्तो देखिएपनि भित्र कामदार ब्यस्त थिए । शुक्रबार राती १० बजेको समयमा उद्योग पुर्णरुपमा संचालनमा देखिन्थ्यो । शनिबारसम्म बिदामा बसेका भनिएका कामदार काममा ब्यस्त देखिन्थे ।
शुक्रबार राती नै उद्योगको उत्तर क्षेत्रबाट संचालनमा देखिएको फोटो खिच्न स्थानियको एक हुल त्यहीँ थिए । फोटो खिच्दै गर्दा भेटिएका नेकपाका नेता तथा संचार उद्यमी मनोज पौडलले रातोघरसंग भने , ‘लौ हेर्नुस, उद्योगको झुट्, बन्द भनिएको उद्योगको अवस्था यस्तो हुन्छ ?’
यस्तै स्थानिय रमेश घिमिरे पनि बन्द उद्योगको निगरानी गर्न त्यहीँ पुगेका थिए । उनले बनमा डढेलो लागेको भन्दै उद्योगले मनलाग्दी गरिरहेको बताए । यस्तै काँग्रेसका युवा नेता श्यामबाबु गुप्ता समेत बन्द उद्योगको निगरानी गर्न त्यही हुलमा थिए ।
‘उद्योगले मिडियामा बन्द छ भनेर भन्छ, रातभरी धुँवाको मुस्लो फाल्छ, यो के तरीका हो ?’ उनले भने, ‘हामीले प्रहरीलाई समेत लिएर आएका छाँैँ, उद्योग बन्द छ कि छैन आफैँले हेर्नुस भनेर । ’
यस्तै युवा नेता हिरा बस्नेतले उद्योगको धुँवा नियन्त्रणा गर्न स्थाानिय तहले भुमिका खेल्नुपर्ने बताए ।
‘कुनै हालतमा प्रदुषण नियन्त्रण हुनुपर्यो, कि त उद्योगलाई बस्तीको बिचमा राख्नु भएन, ’ उनले रातोघरलाई भने, ‘उद्योगले बनको डढेलो भनेर जनता झक्याउने काम गरिरहेको छ, अब जनता मौन बस्दैनन् ।’
केही बर्षयतादेखी वातावरण ऐन र कानुन बिपरित उद्योगले केही स्थानियलाई आर्थिक प्रलोभनमा पारेर उद्योग संचालन गरिरहेको स्थानियको भनाइृ छ । उद्योगले बस्तीकै बिचमा नयाँ प्लान्ट पनि संचालनको तयारी गरिरहेको छ । अबौँ रकम खर्चिएर उद्योगले बस्तीकै बिचमा संचालन गर्न लागेको नयाँ प्लान्ट संचालन गर्न नदिने तयारीमा स्थानिय छन् ।
आइतबारसम्म पुर्ण रुपमा बन्द छ भनिएको उद्योगको निगरानी गर्न शुक्रबार राती स्थानियबासी, पार्टीका नेत, जनप्रतिनिधि लगाएत पुगेका थिए । उद्योगको पछाडी स्थानियको भिड देखिएपछि उद्योगमा काम गरिरहेको कामदार समेत दँग परेर हेरिहेका थिए ।
भिडियो हेर्नुहोस – यो शुक्रबार राती ९ बजेको दृष्य हो ।
Write your Comment