आइपीएल आजबाट, सन्दीपको टीमले भोलि खेल्ने

रातोघर

 ९ चैत्र २०७५, शनिबार १९:१३  मा प्रकाशित
१८५ पाठक संख्या


काठमाडौं ।

भारतीय प्रिमियर लिग (आइपीएल) को १२ संस्करण आजबाट शुरु हुँदै छ ।

यो सिजनको पहिलो खेल भरे राति गत वर्षको विजेता चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स ब्याङ्लोरबीच हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्ने चेन्नाइ सुपर किंग्स सन् २०१०, २०११ तथा गत वर्ष २०१८ को विजेता हो ।

यति मात्र होइन चेन्नाइ चार पटक उपविजेता पनि बनिसकेको छ । २००८, २००१२, २०१३ र २०१५ मा उपविजेता बनेको थियो । यो एकमात्र यस्तो टिम हो जसले सात पटक फाइन खेल खेलेको छ ।

२३ मार्च (आज) शुरु भएर आइपीएल १२ मे सम्म खेलिने छ ।

नेपाली खेलाडी सन्दीप लामिछाने पनि आइपीएलमा डेल्ली क्यापिटलबाट खेल खेल्दैछन् । उनको टोली डेल्लीले भोली(आइतबार) राति मुम्बइ इन्डियन्ससँग यो सिजनको पहिलो खेल खेल्दैछ ।

Write your Comment