सिमरा ।
आईतबारबाट सञ्चालन हुने एसईई परिक्षको तयारी बारामा पुरा भएको छ । शिक्षा समन्वय इकाई बाराका अनुसार परिक्षालाई मर्या्दित रुपमा संचालन गर्न आवश्यक सम्पूर्ण तयारी गरिएको छ । परिक्षाका लागी जिल्लाका ३१ वटा केन्द्रमा केन्द्राध्यक्ष खटाईसकिएको बाराका इकाई प्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिए ।
उनका अनुसार सबै परिक्षा केन्द्रमा प्रश्नपत्रहरु पनी पु¥याईसकिएको छ । यसबर्ष जिल्ला भरीमा ३ सय बढी परिक्षा निरिक्षक खटाईएको पौडेलले जानकारी दिए । परिक्षामा अघिल्ला बर्षहरुका गतिबिधीलाई मध्येनजर गर्दै यसबर्ष प्रबेशद्वारबाटै कडाई गरिने पौडेलले बताए । ‘परिक्षालाई मर्या्दित बनाउन हामी गम्भिर भएर लागेका छौँ ।’ पौडेलले भने, ‘गेटबाट नै बिद्यार्थीहरुको खानतलासी सुरु हुनेछ ।’साथै परिक्षा दिन आउने बिद्यार्थीका लागी प्रबेशपत्र अनिबार्य गरिएको उनले बताए ।
साथै सारिरिक रुपमा अशक्त अथवा अपाङ्ग बिद्याथीका हकमा सम्बन्धित बिद्यालयले सिफारिस गरेको सहयोगीले परिक्षा दिनसक्ने ब्यवस्था मिलाएको छ । तर सहयोगीको हकमा आठ कक्षा पास गरी नौ कक्षा अध्यायन गर्दैगरेको ब्यक्ति हुनुपर्ने छ ।
पौडेलका अनुसार बारामा हालसम्म त्यस्ता अपाङ्ग परिक्षार्थीक लागी १० जना सहयोगीलाई स्विकृती दिईसकिएको छ । अपाङ्ग बिद्यार्थीको समन्वयमा उनिहरुलेनै परिक्षा दिन पाउने छन् ।
बारामा ७ हजार ९ सय ५६ बिद्यार्थीले परिक्षा दिँदै –कार्यालयका अनुसार यसबर्षको एसईई परिक्षामा बाराबाट ७ हजार ९ सय ५६ परिक्षार्थी सामेल हुनेभएका छन् ।जसमध्ये नियमित तर्फ ७ हजार ३ सय र आंशिक तर्फ ४ सय ६७ बिद्यार्थी रहेको जिल्ला शिक्षा अधिकारी नगेन्द्र राज पौडेलले राजकारी दिए । त्यस्तै परिक्षमा प्राबिधिकतर्फ १ सय ८९ बिद्यार्थी सहभागी हुने छन् ।
-abi acharya
Write your Comment