सिमरा ।
आज मार्च २४ अर्थात विश्व क्षयरोग दिवस । नेपाल सरकारले क्षयरोगको उपचार निशुल्क गर्दछ । तर आज दिवसकै दिन जीतपुरसिमरा उपमहानगरपालीका ३ को वडा कार्यालयमा क्षयरोगको बिरामीले वडा अध्यक्षलाई बिन्ति गरे ‘मलाई क्षयरोगको औषधी निशुल्क मिलाईदिने सिफारिस गरिदिनुस् ।’
जीतपुरसिमरा ३ रामवनका गोबिन्द प्रसाद लामीछाने बिगत २ बर्षदेखी क्षयरोग उपचाररत छन् । शुरुमा चितवनको नारायणी सामुदायीक अस्पतालमा उनले आँफुलाई क्षयरोग लागेको थाहा पाएपछि औषधी सुरु गरेका हुन् ।
क्षयरोगको औषधी र उपचार निशुल्क पाइने उनलाई जानकारी मात्रै छ । उनी करिब ३ महिना जती पुग्ने औषधीलाई करिब ४ हजार ५ सय जतीमा खरिद गर्छन ।
सरकारी अस्पतालमा मात्र औषधी उपचार निशुल्क हुन्छ भन्ने थाहा पाएपछि पछि उनले सिमराको स्वास्थ्य केन्द्रमा परिक्षणमा पुगे । २ बर्ष अघिदेखी क्षयरोगको औषधी खाँदै आएका उनलाई सिमरा स्वास्थ्य केन्द्रले भने क्षयरोग नै नभएको रिपोर्ट थम्याएर घर पठाइदियो ।
पैसा दिर्नुपर्ने अस्पतालबाट २ बर्षदेखी औषधी खाँदै आएका लामीछानेलाई पैसा तिर्न नपर्ने अस्पतालमा भने सो रोग नै नलागेको भन्ने पुष्टी गरिदिएपछि अचम्ममा छन् उनी ।
गरिब परिवारका लामिछानेले आज वडा कार्यालयमा औषधी निशुल्क पाउन शिफारिस लिन आएका रहेछन् । वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरेले केहिदिनअघि उनको स्वास्थ्य अवस्था बुझ्ना घरैमा पुगेर सोधपुछ गरेपछि उनी आज कार्यालयमै आएर गुनासो पोख्न सक्ने भएका हुन् ।
देशमा क्षयरोगको निशुल्क उपचार गर्ने भनिएपनि निजी र सरकारी अस्पतालको भ्यउ नपाउने बिरामी यसैगरी पिडित बनेको परेको यो एउटा प्रतिनिधि घटना हो ।
प्रतिबर्ष बिश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणा मृत्यु हुने गर्दछ । यता नेपालमा भने लगभग ५० प्रतिशत नेपाली जनसंख्या क्षयरोगले ग्रसित छन् । नेपालमा हरेक बर्ष ४४ हजार नयाँ क्षयरोगी थपिने र ५ देखी ७ हजार नेपाली क्षयरोगकै कारण मर्ने गरेको डर लाग्दो तथ्याँक छ ।
Write your Comment