कर्मचारीकै कुर्सीबाट दलालले बोले – म पार्टीको केन्द्रिय सदस्य हुँ (भिडियो सहित)

रातोघर

 १० चैत्र २०७५, आईतवार २१:०१  मा प्रकाशित
२०६ पाठक संख्या



सिमरा ।

सिमराको मालपोत कार्यालय , आइतबार साँझ करिब ५ बज्नै लागेको थियो । यहाँका कार्यालय प्रमुख मदन गुप्ता अख्तियारको निगरानीपछि केहि दिन यता सम्पर्क बिहिन छन् । र निमित्तको जिम्मेवारीमा श्याम बहादुर कार्की छन् ।
यहाँ काम गर्ने केही कर्मचारी बाहिर बिचौलीयासंग संवादमा ब्यस्त छन् । उता सेवा ग्राहीलाई सेवा दिन झ्यालबाट देखिने गरी एक दलाल भित्रै पसेर कर्मचारीलाई थर्काउँदै रहेछन् ।
तपाँई को हो ? हाम्रो प्रश्नमा उनले सोझै भने , म जनप्रतिनिधि हो , कहाँको जनप्रतिनिधि ? उनले कड्केर भने, ‘पार्टीको’ ।
उनले हातमा स्रेस्ता बोकेर त्याहाँ काम गर्ने एक जना कार्यालय सहयोगीलाई काम लगाउँदै गरेको झयालबाटै देखिन्थ्यो । पछि बुझ्दा उनी एक जग्गा दलाली हुन् । उनी कसैको पनि अनुमती नली सोझै स्रेस्ता फाँटमा पार्टीको नाम बेचेर छिरेका रहेछन् ।
उनकै जानकारी अनुसार उनी कलैयाका प्रल्हाद प्रसाद साह हुन् । नेपाल जनता पार्टीको केन्द्रिय सदस्य बताउँने उनी आफ्नै कामका लागी सोझै भित्र छिरेर पार्टीको आडमा ठुलो स्वरमा बोल्दा समेत त्याहाँका निमित्त कार्यालय प्रमुख निरिह थिए ।

(भिडियो हेर्नुहोस )

Write your Comment