बारामा दुई सय १२ बिद्यार्थीले दिएनन एसईई

पुष्पराज खतिवडा

 १० चैत्र २०७५, आईतवार २१:२३  मा प्रकाशित
१८६ पाठक संख्या



सिमरा ।

पहिलो पटक प्रदेश सरकारले संचालन गरेको एसईई परिक्षा बारामा शान्तिपूर्ण रुपमा सुरु भएको छ । पहिलो दिनको अंग्रेजी विषयको परिक्षा सौहार्दपूर्ण रुपमा भएको शिक्षा समन्वय इकाई कार्यालय बाराले जनाएको छ ।

समन्वय इकाईका प्रमुख नगेन्द्र राज पौडेलका अनुसार यस बर्षको एसईई परिक्षामा जिल्लाका ७ हजार ९ सय १५ परिक्षार्थीले आवेदन दिएका थिए ।
जसमध्ये २ सय १२ जना परिक्षामा सहभागि भएनन् । आइतबार भएको अंग्रेजी विषयको परिक्षमा जिल्लाका ७ हजार ७ सय ०३ जना छात्रछात्रा सहभागि भएर परिक्षा दिएका छन् ।

परिक्षा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको पौडेलले जानकारी दिए । जसमध्ये नियमित तर्फ ७ हजार ५९ र आंशिक तर्फ ४ सय ५५ बिद्यार्थी र त्यस्तै परिक्षामा प्राबिधिक तर्फ १ सय ८९ बिद्यार्थी सहभागी भएका हुन् ।

Write your Comment